Friday, January 22, 2010

"गिती कविता"२

गीता थापा (दोषी)
हाल ईजरायल

नेपालले बली माग्छ भने चढाइ देऊ मेरो बली
म मरेर मेरो नेपाल हाँसेर बाँच्छ भने भोली
प्राणभन्दा प्यारो मेरो नेपाल सधैं छ मलाई
मेरो चाहना अपूर्ण नेपाली मिलेको हेर्ने मलाई
कामना मेरो अमर भइ बाँचोस उच्च सगरमाथा
बोकेर मेरै नेपालीको बहादुरीताको सुन्दर गाथा
भविष्य कोरेर भोलिको नेपालको सबले माया गरे
फल्नेछ मोती नेपालमा नै' सबै मिलेर सेवा गरे
एउटा हात र एउटा मनले चाहेर हुदैन केही यहाँ
सयौ हात सयौ मन एक भए पुग्छ,चाहेको यहाँ
नेपालले बली माग्छ भने चढाइ देउँ मेरो बली
म मरेर मेरो नेपाल हाँसेर बाँच्छ भने भोली

नेपाली शुद्धलेखनका सामान्य आधार

साथीहरु यो अवधारणामात्र हो सम्पूर्णता भने होइन ।मैले शुद्ध लेख्नुपर्छ भन्ने तपाईको भावनामा यो सहयोगी अवश्य हुनसक्छ ।पुस्तक-पत्रपत्रिका पढ्दा ध्यान दिने र शुद्ध लेख्ने प्रयासलेमात्र हाम्रो लेखन शुद्ध हुन्छ तथापि सामग्रीको अभाव झेलिरहनुभएका स्वदेश वा विदेशमा रहेका साथीका लागि मेरो सानो रह्यो भने धन्य हुनेछु ।
शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियम
-----------------------------------------------
1 नेपाली भाषाका धेरैजसो शब्दका शुरु र बीचमा इकार ह्रस्व हुन्छ :-मितिनी,बहिनी,सिन्की,मानिस,दाहिने,सिन्कौली,माहिलो साहिंलो,रसिलो,सेपिलो,छिमेक,दिदी,ढिंडो,झुसिलो,अमिलो आदि । 2 प्राय: आगन्तुक शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- हस्पिटल,इन्जिनियर,सिनियर,रेडियो,कमिसन,टिचर,डिनर आदि ।
3 क्रियापदको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- सिद्धिनु,बिग्रिनु,,थिग्रिनु,निथ्रिनु,तर्सिनु,थर्किनु,भित्रिनु,दर्किनु,खिइनु, पिसिनु,मिसिनु आदि।
4 क्रियाको विशेषता बुझाउने शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :-टिनटिन,पिटिक्क,तिरतिर,ङिच्च,खिरखिर,पितिक्क,गिलित्त आदि।
5 सर्वनामको शुरुमा इकार ह्रस्व लेखिन्छ :-यिनी, तिनी, तिमी ।
6 संयुक्त वर्णले बनेका संख्यावाचक शब्दको शुरुमा इकार ह्रस्व लेखिन्छ :-त्रिपन्न,त्रिसठ्ठी, त्रिहत्तर,त्रियासी आदि ।
7 केही संकृत शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- शिव,विष्णु,इन्द्र,विद्यार्थी, साहित्य,इन्द्रिय,राष्ट्रिय,प्रसिद्ध,
8 " इलो" अन्त्यमा आउने विशेषण शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :- रसिलो,पोसिलो,अमिलो, नुनिलो,हँसिलो,कसिलो,भरिलो आदि।
9 उपसर्ग लागेका शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- विजय,विज्ञान,विमान विस्मृति, विशिष्ट,निरुत्तर,निर्विरोध,निर्दिष्ट,सुनिश्चित,निष्काम,विलय,निष्ठा,निर्विकार,निर्देशन,निर्निमेष,निर्माण,विनिर्माण,विजत,अधिपति,अतिरिक्त,अभिव्यक्तिअभिशाप,अतिरिक्त आदि,
10 अव्ययको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- सित,हिजो ,यतिबेला,निर,किन,किनभने,तलतिर,झिसमिसे,वरिपरि,बाहिर आदि।
11 इक,इका,इत अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-आर्थिक, नैतिक,भौतिक,सामाजिक,व्यापारिक,शैक्षिक,नायिका ,परिचारिका, सेविका शिक्षिका,लेखिका,कथित,व्यथित,लिखित,सम्पादित आदि ।
12 इम,इमा अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-स्वर्णिम ,आदिम,अग्रिम,गरिमा महिमा ।
13 इया,इयार, इलो अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-दुखिया झगडिया,दजारिया,शहरिया,अंशियार,होसियार,हतियार,सँधियार आदि ।
******************************************************************************************************
पहिले हामीले शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियमको चर्चा गर्यौं ।तर तपाईले नोटमा सुझाएअनुसार काम शुरु गरे नगरेको जानकारी मैले नपाउँदा अलि निराश छु किनकि यो तपाईका लागि हो ।आज शब्दको अन्त्यमा :इकार" ह्रस्व हुने आधारको चर्चा हुँदैछ ।
इकार शब्दको अन्त्यमा ह्रस्व हुने
-----------------------------------------------------------
1 पुलिङ्गी शब्दको अन्त्यमा इकार ह्रस्व हुन्छ :-नाति ,पनाति, जनाति , पोइ,ज्वाँइ भाइ .2 ति,धि,नि षि,वि,पि,भि,मि,लि अन्त्यमा आउने तत्सम शब्दको अन्त्यमा प्राय: इकार ह्रस्व हुन्छ :- रीति, मति,शान्ति क्रान्ति, भ्रान्ति, उन्नति ,प्रगति,उपाधि, समाधि,व्याधि,परिधि,विधि,प्रविधि,ऋद्धि ,सिद्धि,हानि मुनि,ग्लानि,अग्नि,कृषि,ऋषि,कवि,छवि रवि, यद्यपि ,तथापि,लिपि,सुरभि, दुन्दुभि,कलि,बलि आदि । 3 भाववाचक नामको अन्त्यमा इकार ह्रस्व लेखिन्छ :-पढाइ,लेखाइ,बोलाइ, सुनाइ,बसाइँ ,थकाइ,दुष्ट्याइँ आदि ।
4 अव्ययको अन्त्यमा इकार ह्रस्व हुन्छ :- वरि,परि,,यति,उति, जति, कति, माथि,वारि,पारि,मुनि चाहिं (अरी,तरी,हीं लागेकाबाहेक)आदि ।
5 विभक्ति मध्ये लागि,देखि अन्त्यमा ह्स्व लेखिन्छ ।
यो नोट सार्नुहोला ।यस्तै शब्द तपाईं पनि सकेसम्म थप्नु होस् ।ती शब्दलाई वाक्मा प्रयोग गर्नुहोला ।साथीका रचनामा देखिएका त्रुटि जानेसम्म औल्याउनु होस् ।यसबाट सबैलाई फाइदा हुन्छ ।शुद्ध लेख्ने सबाललाई रहर ठान्नुहोला,बोझ होइन ।तपाईमा के प्रगति हुँदैछ ? जानकारी दिनुहोला ।
क्रमश:
*****************************************************************************************************
*
नेपाली भाषाका आफ्ना शब्दका शुरु र बीचमा 'ईकार' दीर्घ लेख्ने खास नियम नभई संस्कृतबाट आएका शब्दलाई सोहीअनुसार लेख्ने चलन छ,तिनीहरुलाई तत्सम शब्द भनिन्छ ।यस्ता शब्द नेपालीमा धेरै छन् ।अभ्यास नै प्रयोगको मुख्य आधार हो ।यहाँ दिइएका आधार पर्याप्त नभई सामान्य सहयोगीमात्र हुन् ।आज हामी शब्दको शुरुमा 'ई' प्रयोग हुने आधारको चर्चा गर्नेछौं ।1 रेफभन्दा पूर्व र 'र' भन्दा पूर्व केही शब्दको शुरुमा 'ई' दीर्घ लेखेको पाइन्छ :- दीर्घ,वीर्य,कीर्ति,कीर्ण,ज
ीर्ण,कीर्तन,शीर्षक,तीर्थ,धीर,वीर,क्षीर,,नीर,धीरता,वीरता,गीर(वाणी)चीर(कपडा) आदि (तर 'शिर'जस्ता शब्द ह्रस्व नै हुन्छन्)2 'त' 'ता' 'ति' भन्दा पूर्वका कतिपय तत्सम शब्दको शुरुमा 'ई' दीर्घ लेख्ने गरिन्छ :- गीत,रीत,प्रीत,शीत,भीत,रीति ,गीति,भीति,प्रीति,सीता,गीता (तर 'हित' जस्ता शब्द ह्रस्व नै हुन्छन् ) 3 केही तत्सम शब्दका शुरुमा 'ई' दीर्घ लेखिन्छ :-दीन(दु:खी) हीन,लीन(विलय )पीडा, भीम,सीमा, सीमित,भिष्म,शीघ्र,जीव,जीवन,पीडित,स्वीकार,स्वीकृत,स्वीकृति, शीतल, बीभत्स,भीषण,बीज,टीका,लीला,नीति,कीट,कीटाणु,सीमित,सीमावर्ती,क्रीडा,ईश,ईस्वर,पीत,पीताम्बर,पीपल,पीडित,पीठ,पीयूष,
जीवन,जीवी,दीप,दीपक,दीप्त,दीप्ति,
4संयुक्त वर्णबाहेक संख्यावाचक शब्दको शुरुमा 'ई' दीर्घ लेखिन्छ :- तीन बीस,तीस
5 कतिपय विशेषणमा ज्यादै जोड दिंदा 'ई' दीर्घ लेख्ने चलन छ:- मीठो,तीतो,पीरो,गीलो आदि
6 केही नेपाली शब्दका शुरुमा 'ई' दीर्घ लेख्ने गरिन्छ :-सीप,जीरा,कीरो,भीख,खील,सीधा,कीर्ते,कीलो,चील,चीज,झीर,झील,
झीनो,ठीक,बीच,तीज,तीर,पीर,भीर आदि
*********************************************************************************************
हामीले यसअघि शब्दको शुरुमा 'ई' दीर्घ हुने आधारको बारेमा चर्चा गर्यौं ।आज हामी शब्दको बीचमा 'ई' दीर्घ हुने आधारको चर्चा गर्दैछौं ।1 ईय,अनीय,ईन अन्त्यमा हुने शब्दका बीचमा 'ई ' दीर्घ लेखिन्छ :-केन्द्रीय,त्वदीय,भवदीय,स
म्पादकीय,स्वकीय,परकीय,ईश्वरीय,आत्मीय,उल्लेखनीय,दर्शनीय,पठनीय,ग्रामीण,कुलीन,प्राचीन,समीचीन,अर्वाचीन,कालीन,नवीन,2 करण,कृत,कार,भवन अन्त्यमा आउने शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :-एकीकरण,पृथकीकरण,,विद्युतीकरण,केन्द्रीकरण,,घोषीकृत,अस्वीकृत,अङ्गीकार,अस्वीकार,(आविष्कार होइन)
3 संख्यावाचक शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :-बाईस,तेईस,चौबीस,बत्तीस ,बयालीस ,पैंतालीस 4 रेफपूर्वका केही शब्दका बीचमा 'ई'दीर्घ लेखिन्छ :-प्रकीर्ण,विकीर्ण,सङ्कीर्ण,उत्तीर्ण,अनुत्तीर्ण,निर्जीव,
5 केही तत्सम शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :- परीक्षा,समीक्षा,प्रतीक्षा,गम्भीर,,प्रतीक,शरीर,समीप,विहीन,विपरीत,मनीषि,कुटीर,कीरीट,भयभीत,अतीत,
*****************************************************************************************************
शब्दको अन्त्यमा 'ई'को प्रयोग गर्ने सामान्य आधार
-------------------------------------------------------------
1 सर्वनामको अन्त्तमा 'ई' दीर्घ लेखिन्छ :-हामी,तिमी,यिनी,उनी,यी,ती,तिनी,तपाईँ2 स्त्रीलिङ्गी शब्दको अन्त्यमा'ई'दीर्घ लेखिन्छ :-छोरी,बुहारी,बहिनी,भान्जी,भतिजी,नातिनी,केटी,गाई,देवी,लक्ष्मी,ईश्वरी,भागीरथी 3 निर्जीव/मानवेतर शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-टोपी,काउली,खोर्सानी,तर्कारी,फर्सी,भिन्डी,कोदाली,गुन्द्री,चकटी,खुर्पी,छुर्पी,आली,फाली,
4 सानो बुझाउने शब्दको अन्त्यमा'ई' दीर्घ लेखिन्छ :-थाली,गाग्री,लोहोटी,बोटुकी,पटुकी,खुर्पी,
5 जात-थर-पेशा बुझाउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-वस्ती, अधिकारी,कार्की,राई,पराजुली,छेत्री,नोकरी,खेती,पुजारी
आदि।
6 विशेषणको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ:-दानी ज्ञानी,धनी,अल्छी,तामसी,सुखि,दु:खीवियोगी,रोगी,भोगी,भाग्शाली,आदि
7 ही,हीँ(चाहिं होइन) अरी,तरी अन्त्यमा आउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-त्यही,त्यहीँ,उही,उहीँ,कहीँ यसरी,उसरी जसरी,कसरी,त्यसरी,यस्तरी उस्तरी आदि
8 संख्यावाचक शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-साठी,सत्तरी,असी,एकासी,चौरासी पचासी, आदि
9 मती-वती अन्त्यमा हुने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :- श्रीमती,रूपमती,मधुमती,अमरावती,शौभाग्यवती आदि
10 ठाउँ-नदी-अनुकरण बुझाउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-बैतडी,कैलाली,घोराही,लमही,बेंसी,कोशी,मेची ,महाकाली, खलखली,तनतनी,झलझली,सरासरी आदि ।
11 एर' बुझाउने असमापिका क्रिया र स्त्रीलिङ्गी क्रियाको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-देखी,हेरी,सुनी, खाई(खाएर को अर्थमा ) खाई,गई,पढी,घुमी,लेखी (क्रिया स्त्रीलिङ्गी )

Monday, January 18, 2010

भाषा विकृतिको विकराल अवस्था र निराकरणका केही उपायहरु

* रामकुमार श्रेष्ठ *

बैज्ञानिक उपलब्धिका हरेक ठाउँमा देखिने सकारात्मक र नकारात्मक असरहरुबाट भाषाको क्षेत्र पनि अपबादको रुपमा पर्न नसक्ने देखिन्छ । यो क्षेत्र झन कतै सर्बाधिक असर पारिएको क्षेत्रभित्र नै त पर्ने होइन भनी प्रश्न गर्नु पर्ने अवस्था छ बिद्यमान बस्तुस्थितिको विस्लेषण गर्दा । हामी स्कूल पढने समयमा बिद्यार्थीहरुमा भाषिक बैशिष्ठ्यता विकास गर्नको लागि पत्र पत्रिका बढी पढन सल्लाह दिइने गरिन्थ्यो शिक्षकहरुद्धारा, तर आजकाल शिक्षकहरुले त्यस किसिमको सल्लाह दिनु अघि आँफैले पत्र पत्रिका नपढिकन जुन पायो त्यही पढन दिने हो भने परिणाम सकारात्मकभन्दा बढी नकारात्माक हुन सक्ने संभाबनालाई नकार्न मुस्किल पर्ने देखिन्छ । विज्ञान र प्रविधिको बिकासका कारण प्रेस र अन लाइन क्षेत्रमा पत्र पत्रिकाको संख्यामा जे जसरी उल्लेखनीय प्रगति भएको छ यस्ले नब प्रतिभाहरुका लागि उपयुक्त वातावरणको सिर्जना त गरेको छ नै, तर अधिकांश प्रकाशित सामग्रीहरुमा पाइने प्रचूर व्याकरणीय गल्तीहरुले भने भाषा बिकृतिको भयाबह अवस्थाको गांभीर्यतालाई गंभिर रुपमा समयमा नै ध्यान नदिने हो भने भाषा बिकृतिको स्वरुप कल्पनाभन्दा बाहिर जान सक्ने संभाबनालाई नकार्न नसकिने देखिन्छ ।

आजकाल पाइने थुप्रै अन लाइन तथा प्रेस खबर पत्रिकाहरु विज्ञान र प्रबिधिको क्षेत्रमा भएको विकासको देन हो । बिशेषत: अन लाइन पत्रिकाका कारण संसार अत्यन्तै सानो भएको छ – संसारको कुनै पनि कुनामा रहेर कुनै पनि अर्को कुनाको खबरहरु छिन भरमै थाहा पाउन सकिन्छ । अफसेट प्रेस बजारमा नआउँदासम्म पत्र पत्रिका र प्रकाशित पुस्तकको संख्या खासै धेरै हुन्नथ्यो । त्यसैले पत्र पत्रिकाको लागि लेख्ने र पुस्तक छपाउने ब्यक्तिहरु सामान्यत दिग्गज ब्यक्तिहरुको रुपमा मानिन्थे । त्यस समयमा लेखिएका सामग्रीहरु छपाउन कत्तिलाई सार्है मुस्किल पर्थ्यो सीमित सामग्रीहरुले मात्र स्थान पाउने भएको कारण भने आजकाल लेखिएका सामग्रीहरु छपाउनका लागि तुलनात्मक रुपमा धेरै सहज छ बिभिन किसिमका पत्र पत्रिकाको प्राचुर्यताको कारण, तर पर्याप्त सामग्री, चाख लाग्दो र महत्वपूर्ण बिषयबस्तु, राम्रो लेखनशैलीयुक्त हुँदा हुँदै पनि व्याकरणको दृष्टिकोणबाट हेर्ने बित्तिकै नचाहेरै पनि निधार नखुम्चयाइ धरै नपाईने हुन्छ कतिपय प्रकाशित लेख रचनाहरुमा । यो नयाँ समस्या भएको कारण यसतर्फ ध्यान पुगिहालेको देखिन्न, तर समयमा नै यो समस्याका कारणहरु र यस्लाई निराकरण गर्न सकिने उपायतर्फ ध्यान दिनु पर्ने कुरामा भने सन्देह छैन यस्ले भविस्यमा भाषा विकृतिको क्षेत्रमा निम्त्याउन सक्ने खतराहरुलाई विचार गर्दा ।

कुनै पनि कुरा प्रकाशित भएपछि सामान्यत त्यस्ले आधिकारिक रुप धारण गर्ने भएकोले सामग्री प्रकाशित गरिनु अघि मुलभूत कुराहरुमा असर नपर्ने गरी प्राप्त सामग्रीहरुमा भए गरिएका गल्ती/ कमजोरीहरु सच्याइनु/ हटाइनु पर्छ संपादकहरुद्धारा । किनकि त्यसपछिको अवस्था भनेको प्रकाशित सो सामग्रीको महत्व अनुरुप बर्षौं बर्षौसम्म मानिसहरु त्यस्को खोजी र अध्ययन गर्न सक्छन । अर्को कुरा इण्टरनेटको आजको यो जमानामा कुनै सामग्री प्रकाशित हुने बित्तिकै समय, परिस्थिति, अवस्था र सामग्रीको महत्व अनुरुप हजारौं लाखौं मानिसको हातमा त्यो पुग्न सक्छ । ब्यक्तिगत रुपमा बनाइने ब्लगहरुमा भने संपादक नहुने भएकोले ब्लगमा हुने गल्ती कम्जोरीहरु ब्लगसंग संबन्धित ब्यक्तिमा नै भर पर्ने भएकोले गल्तीका संभाबनाहरु तुलनात्मक रुपमा बढी नै हुन सक्ने संभाबना देखिन्छ र पनि यस क्षेत्रमा ब्यक्ति ब्यक्तिको क्षमता फरक फरक हुने भएकोले कुनै कुनै ब्यक्तिगत ब्लगको व्याकरण कुनै कुनै पत्र पत्रिकाको भन्दा राम्रो पनि हुन सक्छ । ब्यक्तिगत ब्लगहरुमा भएका सामग्रीहरु पनि सर्च इन्जिनको प्रयोग गर्दा आउने भएकाले त्यस्मा हुने गल्तीहरुलाई पनि बेवास्ता गर्न सकिन्न यस किसिमका समस्याका कारण र समाधानका उपायहरु विस्लेषण गर्ने क्रममा । गल्ती छुट्याउन सक्नेहरुको त कुरै भएन, तर गल्ती छुट्याउन नसक्नेहरुको लागि भने प्रकाशित सामग्रीहरुमा नै त्यसरी प्रशस्त गल्ती, कमी कमजोरी हुनु भनेको यस्ले उनीहरुमा भएका कमी कमजोरीलाई अझ सशक्त बनाउन सहयोग पुर्याउनु जस्तै हुन जान्छ ।

सामान्यत: कर्तब्यभन्दा अधिकारकै मात्र खोजी गरिने र आफू अनुकूलको काम कुरो हुँदा मात्र प्रजातन्त्र र स्वतन्त्रता भएको मानिने आजको बिस्व परिबेशमा स्कूल, कलेज र विश्वविद्यालयको विद्यार्थीमाथि शिक्षक एबं प्राध्यापकहरुको नियन्रण गुम्दै गएको देखिन्छ विकसोन्मुख देश र विकसित देशमा आ-आफ्नै किसिमले । बिदेशीले अंग्रेजी फरर बोलेको सुन्दैमा उनीहरुको अंग्रेजीमा लालायित हुनेहरुले अंग्रेजी बोलिने देशमा नै ग्र्याजुयट गर्नेहरुको समेत अंग्रेजी सन्तोषजनक नभएको थुप्रै आलेखहरुबारे प्रसंग उठाउँदा धेरैको लागि अपत्यारिलो लाग्न सक्ला, तर बोल्नु जति सजिलो हुन्छ शुद्धसंग लेख्ने काम त्यत्ति सहज छैन । त्यसरी नै नेपालीका लेखहरु देखेर लालायित हुने नेपाली सिक्दै गरेका विदेशीहरुलाई ती लेखहरुमा भएका भाषागत त्रुटीहरुबारे बताउँदा सिर्जना हुने जिब्रो टोक्न पर्ने परिस्थितिको कल्पनाप्रति कैयौं नेपाली अनभिज्ञ छन उनीहरु आँफैंमा बिद्यमान कमजोरीका कारण । प्रकाशित सामग्रीमा भए गरिएका गल्तीको तात्कालिन र दीर्घ कालिन थुप्रै नकारात्मक असरहरु हुन सक्ने र बिस्तारै विस्तारै समस्या बढदै जाने भएकोले यस किसिमका समस्याहरुको न्यूनिकरणतर्फ समयमै ध्यान दिइनु अति आबस्यक हुन्छ समस्या समाधानलाई नियन्रण बाहिर जान नदिनका खातिर ।

एक जना मित्रले आफ्नो प्रकाशित पुस्तक उपहार दिएर गएपछि पुस्तकको पछाडि हेरें, मित्रले प्राप्त गरेका डिग्रीको फेहरिस्त डरलाग्दो थियो । पुस्तक पल्टाएँ र भित्रको एउटा पातो पल्टाएँ । एउटै पातोमा भएको अनगिन्ति भाषागत गल्तीका कारण पुस्तक सबै पढने जाँगर चल्ला जस्तो लागेन यद्यपि बिषय सूची हेर्दा बिषयबस्तु भने राम्रा र महत्वपूर्ण भएको अनुमान गर्न सकिन्थ्यो । करीब आठ बर्ष अघि सुर्खेतमा त्यहाँका प्रजिअ, स्थानीय बिकास अधिकारी, नगरपालिकाका मेयर लगायत सबै जसो कार्यालयका कार्यालय प्रमुखहरु सहभागी हुने “परिवर्तनका आधारशिलाहरु” नामक कार्यक्रममा केही दिन म पनि सहभागी भएको थिएँ । कार्यक्रमको उद्धेस्य थियो कार्यक्रमका सहभागीहरुको आचार र बिचारमा परिवर्तन ल्याइ प्रशासनिक कार्यलाई प्रभाबकारी बनाइ बिकास कार्यलाई नयाँ गति दिने । कार्यक्रम आधुनिक ब्यबस्थापन र आध्यात्मलाई मिलाएर बनाइएको थियो । केही दिनमा तालिमका सामग्रीको ठूलो फाइल तयार भएपछि कुनै समय एउटा अन्तरराष्ट्रिय गैर्ह सरकारी संस्थामा निर्देशकको रुपमा काम गरिसकेका उक्त तालिमका ती श्रोत ब्यक्तिसंग गुनासो पोखें, “अंग्रेजी सामग्रीहरु त मेरो क्षमताभन्दा माथिको कुरा हो र हाम्रो भाषा पनि नभएकोले यसबारे केही बोल्ने भन्ने कुरा पनि भएन, तर प्रायश: यसरी नै कार्यालय प्रमुखहरुलाई लक्षित गरेर सन्चालन गरिने र भबिस्यमा सांसदहरुलाई समेत सहभागी बनाउने लक्ष लिनु भएको यस्तो कार्यक्रमको नेपाली भाषामा लेखिएका सामग्रीहरुमा भएका प्रसस्त गल्तीहरु एकदमै नसुहाउँदो छ । किनकि सामान्यत: यस किसिमका गल्ती देख्न सक्ने क्षमता हुनुपर्ने सहभागीहरु नै यस कार्यक्रमको लक्षित समूह हो । ” वास्तबमा सो कार्यक्रको लागि आर्थिक जिम्मेवारी बिदेशी विकासे संस्थाहरु हुन्थे र कार्यक्रम असाध्यै महंगो हुन्थ्यो जुन कुरो कार्यक्रमका सहभागीहरुलाई थाहा हुन्नथ्यो र पनि केही खर्च गरेर एक चोटी राम्रो नेपाली शिक्षकको सहयोग लिएको खण्डमा संधैको लागि हुने कुरामा पनि खर्चको हिसाबले कन्जुस्याइं र जिम्मेवारीको हिसाबले हेलचेक्र्याइं गरेको देखिन्थ्यो । उपर्युक्त दुई उदाहरणहरुले के प्रमाणित गर्छ भने पुस्तक प्रकाशित गर्ने र त्यस्तो संबेदनशील कार्यक्रम गर्नेहरुले समेत भाषागत शुद्धा शुद्धीमा पटक्कै ध्यान दिएको नपाईनुको पछाडि उहाँहरु आँफै यस्ता कुराहरुमा निकै कम्जोर भएको देखिन्छ । आफू कम्जोर भएको पक्षमा ध्यान नदिनु अर्को ठूलो कम्जोरी हो । यस किसिमका प्रशस्त गल्तीयुक्त सामग्रीहरु पढन पर्ने वातावरणले गर्दा यस क्षेत्रमा कमजोर हुनेहरुका लागि आफूमा भएका कम्जोरीहरु कमी गर्ने संभाबना प्राप्त गर्नुभन्दा झन झन अन्यौल सिर्जना गर्न सक्छ र बिस्तारै बिस्तारै यस्ले भाषा विकृतिकै लागि उत्प्रेरित गर्ने कुरामा शंका छैन ।
समस्याका संभाबित केही कारणहरु:

* बिभिन्न कारणबश कतिपय पत्रिका ब्याबसायिक रुपमा नभएर पार्ट टाइम कामको रुपमा प्रकाशित भएकोले प्रकाशित गरिएका लेखहरुले संपादकहरुबाट यथेस्ट समय र ध्यान पाउन नसक्नु;

* युनिकोडमा केही संयुक्त अक्षरहरु लेख्नमा कठिनाई भएको देखिन्छ (यस कारणबाट हुने गल्ती एकदमै न्युनतम देखिन्छ । उदाहरणको लागि युनिकोडबाट “विस्तृत” लेख्न परेको खण्डमा “विस्त्रित” हुन जान्छ र पहिला प्रिति फण्टबाट विस्तृत लेखी त्यस्लाई युनिकोडमा परिवर्तन गरिनु पर्ने हुन्छ । );

* कहिलेकांही लेखकहरुद्धारा पठाइएका सही सामग्री समेत झन बिगारेर छापिएको समेत पाइएको छ, जस्ले प्रकाशन गर्ने बेलामा गरिने होशियारीपनाको अभाब देखाउँछ स्पस्ट रुपमा ;

* ब्याबसायिक रुपमा सन्चालन गर्न ठूलो लगानी नगर्नेहरुले ब्याकरणीय दृष्टिकोणले संपादन गर्ने ब्यबस्था नगरिएको हुन सक्छ;

* लेख रचना तयार गर्नेहरुमा लेख रचनाहरु प्रकाशित गराउनु मात्र ठूलो कुरा हो भन्ने भावना हुनु, तर प्रकाशित लेख रचनामा हुने भाषागत गल्तीका कारण त्यस्ले समेत पाठकको आफूप्रति हेर्ने दृष्टिकोणमा पर्न सक्ने असर अनि यस किसिमको वातावरणको कारण भाषा विकृति उत्प्रेरित हुन सक्छ भन्ने कुरा बुझ्न नसक्नु आँफैमा भएको कमजोरीका कारण;

समस्या समाधानका केही उपायहरु:

* धेरै पोस्टिङ् गर्नुको सट्टा पोस्टिङ् संख्या घटाएर पोस्टिङ् गरिने सामग्रीहरुको शुद्धा शुद्धीमा अलिक बढी समय र ध्यान दिने;

* लेखकहरुले पनि लेख दिनु अघि संपादकहरुलाई कामको बोझ कम हुने गरी पठाउनु अघि अलि बढी ध्यान दिएर अथवा आफ्नो क्षमता नभए क्षमता भएकोसंग सहयोग मागेरै भए पनि गल्ती कमजोरी कमी गर्न यथासक्य प्रयास गर्ने;

* पत्र पत्रिकामा हुने यस किसिमका गल्ती कम्जोरी नियन्त्रणका लागि आधिकारिक निकायलाई संस्थागत गरी यस किसिमका समस्याका आधारमा पत्रिका बर्गिकरण गर्ने;
* युनिकोड बनाउनेहरुले यस किसिमको समस्याको गांभीर्यतालाई बुझेर यस्मा भएका कमी कमजोरीलाई हटाउने;
* ब्यक्तिगत ब्लग बनाउनेहरुले ब्लगमा सामग्रीहरु राख्नु अघि आफूले नसक्ने भएको खण्डमा कसैलाई संपादन गर्न लगाएर मात्र सामग्री राख्दा ब्लगको स्तर राम्रो हुन सक्छ र साथी भाई र चिने जानेकाहरु मात्र नभएर जो कोही ब्लगमा जाँदा पनि सबै पक्षबाट प्रसंशा गरिन्छ भने त्यो वास्तबिक प्रसंशा हुने भएकोले त्यस किसिमको बातावरण बनाउन प्रयत्न गर्ने ;
यस किसिमका समस्या न्यूनिकरण तथा समाधानका खातिर मूलत: लेखक र संपादकहरुले जिम्मेवार बोध गर्नु नितान्त आबस्यक देखिन्छ ।

Published link: http://khasskhass.com/new/index.php?action=view_detail&id=715

Saturday, January 16, 2010

नदेख नलेख भन्नेहरु

-होमर श्रेष्ठ
ए नयनलाई नदेख भन्नेहरु
ए कलमलाई नलेख भन्नेहरु
खै म हजुरहरुलाई
कुन भाषामा सम्बोधन गरुँ !
हिउँदको बर्फिलो मौसम
जमेको खयरमसी
वासन्ती उत्सवसँगै पग्लिएको छ
तरङ्गित भइरहेछ श्वेत कागजमा
लाखौँ सशक्त वर्ण बनेर
तिनलाई म कसरी नदेखेझैँ गरुँ
ए नयनलाई नदेख भन्नेहरु !
भर्खरैको शल्यक्रियापछि
अनगिन्ति अन्धनयन
स्वस्थ दृष्ट बनेका छन्
घामका रङ देखेका छन्
फराक आकाश हेरेका छन्
कति चम्किलो प्रकाश !
कति चाचल बतास !
टुसाउँदै छन् नयाँ पालुवा
कोपिलाउँदै छन् फूलका थुँगा
कसरी म तिनलाई
देखे पनि नदेखेभैष गरुँ
ए नयनलाई नदेख भन्नेहरु !
यो सुन्दर धर्तीभरी
चिन्ताग्रस्त शोकग्रस्त
अनुहारहरु बग्रेल्ती रहेछन्
हेरिरहेछन् तिनले मलाई
म कसरी नदेखेझैँ गरुँ
ए नयनलाई नदेख भन्नेहरु !
एकपल्ट देखिएको दृश्य
फेरि कसरी नदेख्न सकिन्छ र
आजभोलि कता-कता
म अँध्यारोमा हिंड्ने गरेको छु
हिंडदा हिंडदै  दिगमिगाउँदो
खाल्डोमा झरेको छु
जहाँ मान्छे मान्छे जस्ता छैनन्
कीरा फट्याङ्ग्रझैँ
घस्रँदै र उफ्रदै छन्
म तिनलाई कसरी नदेखेझैँ गरुँ !
ए नयनलाई नदेख भन्नेहरु !
म ओहोरो दोहोरो गर्ने गरेको छु
नागेश्वरीको लौरी टेकेर
अन्धकारसित खेल्ने गरेको छु
टोलटोल गल्ली-गल्ली
म भौँतारिइरहेको हुन्छु
जहाँ कुकुरहरु भुकिरहेका हुन्छन्
दाहिने खुट्टो उचालेर
बिजुलीको पोलमा तुक्र्याउँदै
आकाशका जूनतारालाई भुकिरहेका हुन्छन्
गीत गाउने कण्ठ छैनन् तिनका
भुकिरहून् विचराहरु !
ए पृथ्वी नघुमोस् भन्नेहरु
ए कलम नलेखियोस् ठान्नेहरु
अक्षरको नशाले मातेर
म अन्धकारमा फर्कँदा
अनेकपल्ट भुकिएको छु
बिजुलीको पोलमा ठोकिएको छु
बायाँ खुट्टोमा टोकिएको छु !
त्यो निस्पट्ट रात
ब्रेख्त र चेखभ
संवाद गरिरहँदा
परेड खेल्दै थिए साँगुरो सडकमा
मेरा जुत्ता र पाइतलाहरु
अट्टहास गर्दै थिए उल्लूहरु
जीर्ण घरको छानुमा
तिनका ठूला हिँस्रक आँखा
एम्बुलेन्सका बत्तीझैँ
२७०० डिग्रीमा घुमिरहेका थिए
म तिनलाई कसरी नदेखेझैँ गरुँ
ए नयनलाई नदेख भन्नेहरु !
एकपल्ट देखिएको दृश्य
फेरि कसरी नदेख्न सकिन्छ र !
यो मनमा छापिएको परिदृश्य
कसरी नलेख्न सकिन्छ र !

कति मिच्यो भारतले ६२ वर्षमा नेपाली भूमि

*जीवन पौडेल


भारतसँग जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाका ५४ भन्दाबढी ठाउँमा नेपाली भू-भाग मिचिएको छ । भारतसँग जोडिएका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमणबाट चोखा रहेका छन् । भारतबाट एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी पछिल्लो दाङ र बाराबाहेक भूभाग मिचिएको अनुमान गरिएको छ । यसमध्ये कालापानी-लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको छ । त्यतिमात्र कहाँ हो र मेची-महाकालीसम्म भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतीय पक्षबाट गायब भएका छन् । सशस्त्र प्रहरीबलको तथ्याङ्कअनुसार ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् । एकीकृत नेकपा माओवादीका नेता तथा संविधानसभा राष्ट्रिय हित संरक्षण समितिका अध्यक्ष अमिक शेरचन भर्खरै भारतीय सशस्त्र सीमा सुरक्षा बलले दाङमा गरेको ज्यादतीको अवलोकन गरेर फर्किए । परराष्ट्रमन्त्री सुजाता कोइरालाले दाङमा सीमा अतिक्रमण नभएको दावी गरेकी थिइन् । त्यसलाई खण्डन गर्दै शेरचन भन्छन्- “दाङको कुनै पनि सीमास्तम्भहरु यथास्थानमा छैनन् । जङ्गे पिलरहरु छैनन् । अनौठाखालका पिलरहरु सिमानामा भेटिए ।” यस विषयमा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि सहमत छन् । सन् १९८१मा नेपाल-भारत संयुक्त सीमा समिति गठन भएर त्यसले २००७ डिसेम्बरमा आपुनो काम सकेको बताउँदै उनी भन्छन्- “तर त्यसमा पनि विवाद कायमै छ । सो समितिले ९८ प्रतिशत सीमाङ्कन गरेका दावी गर्दै १८२ थान नक्सा बनाएको दाबी गरेको छ तर त्यो सरकारी स्तरमै गोप्य राखिएको छ । ” गत मंसिरमा नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले समेत सीमा विवाद रहेको स्वीकार गरेका थिए । अर्का सीमाविद् फणिन्द्र नेपाल अङ्ग्रेजले भारतलाई उपनिवेशबाट मुक्त गर्दा नेपालको भूमि पनि मुक्त गरेको बताउँछन् । उनी भन्छन् “नेपाल सरकारले यस मुद्दालाई सार्क आसियान र संयुक्त राष्ट्रसंघमा पेश गर्न सक्नुपर्छ ।
अन्तर्राष्ट्रिय न्यायालयमा जान पनि सकिन्छ । ” सुगौली सन्धिबाट गुमेको एकतिहाई भूभाग फिर्ता गर्ने सवालमा नेपालको यस्तो तर्क रहेको हो । सन् १९४७ सालमा स्वतन्त्र भएदेखि भारतले नेपालको भूमि लगातार अतिक्रमण गरिरहेको छ । भारतले १ लाख ४३ हजार वर्गकिलोमिटर नेपालको क्षेत्रफल भएको नक्सा बनाएको सीमाविद् नेपालको दावी छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा सीमित भएको थियो । सुगौली सन्धिभन्दा पहिले नेपालको क्षेत्रफल १ लाख ४ हजार ६ सय १६ वर्गकिलोमिटर थियो । नेपाल र भारतबीच १८ सय ८० किलोमिटर सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ त्यो पनि सीमाभन्दा ३-४ किलोमिटर भित्र मात्र । भारतसँग सीमा जोडिएका तराईका चितवन दाङ र पहाडका इलाम पाँचथर ताप्लेजुङ डडेल्धुरा बैतडी र दार्चुलामा नेपालका तर्फबाट सीमा सुरक्षाका लागि कुनै सशस्त्र फोस्र तैनाथ गरिएको छैन । उत्तरी छिमेकी चीनसँग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ । ती नाकाहरुमा नेपालले सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको छैन । भलै चीनसँग नेपालको सीमा समस्या हल भइसकेको छ ।
भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ । नेपाल भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । भारत र नेपालका बीचमा ८ हजार ५ सय र चीनसँग जोडिएका करिब १ सय सीमास्तम्भहरु छन् । तर ती सीमास्तम्भहरुको अवस्था कस्तो छ भन्ने जानकारी नेपाल सरकारलाई छैन । सीमाको सही व्यवस्थापन गर्न र भारतीय बसाइसराई रोक्न नेपाल-भारत सीमारेखामा काँढेतार लगाउनुपर्छ भन्ने सीमाविद्हरुले बताउँदै आएका छन् । सीमाविद् फणिन्द्र नेपाल भन्छन् “काँढेतार लगाउने हो भने भारतीय डकैतीबाट पनि नेपालीहरु सुरक्षित हुने थिए । ” अझ परिचयपत्रका आधारमा मात्र सीमामा आवत-जावत गर्दा उपयुक्त हुने उनी बताउँछन् ।
भारतीय अतिक्रमणमा परेका जिल्लाहरु
ताप्लेजुङ
टिम्बापोखरीः यस क्षेत्रको डाँडामा भारतले िस·लीला पार्क बनाउँदा काचनजङ्घा दक्षिण १५ किलोमिटर धसो्र मिचिन पुगेको छ । मगना तम्लिङः पूर्वी खण्डमा भारतले नेपाली सीमा मिचेको छ । काबेली-काब्रुः काचनजङ्घा हिमालको दक्षिण काब्रु क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने सिलसिलामा भारतले नेपाली भूमिलाई आफ्नो दावी गर्दै आएको छ ।
पाँचथर
च्याङथापु-सि·लीलाः भारतीय सेनाले नेपाली भूमि प्रयोग गरिरहेको छ । तिब्बु पोखरी क्षेत्रमा सीमा यकिन हुन नसक्दा पशुपालनको समेत समस्या छ । चिवाभाज्याङ-सि·लीलाः भारतले यस क्षेत्रको सीमारेखामा जोडेर राष्ट्रिय निकुाज बनाएकाले फलेलुङसम्मको नेपाली क्षेत्रको डाँडाको भाग समेत सो पार्कमा गाभेको छ ।
इलाम
पशुपतिनगर-हिलेः पशुपतिनगरको फाटकस्थित नेपाली दशगजा क्षेत्रमा भारतले भन्सार कार्यालय भवन बनाउन ४० वर्गकिलोमिटर नेपाली भूमि मिचेर काँढतार लगाएको छ । पशुपति-४ हिलेमा २०५९ असार २४ मा गाडेको ४ सीमास्तम्भमध्ये ७१÷२२ नम्बरको सहायक स्तम्भका कारणले नेपालीको ६ घर एवं एउटा छोटी भन्सार कार्यालयसमेत भारतमा परेको छ । मानेभन्ज्याङः यस क्षेत्रमा सीमा मिचिएको बारेमा नेपाली जनताले आवाज उठाउँदै आएका छन् । सन्दकपुरः ३३ ३६३ मिटर अग्लो यो डाँडोबाट काचनजङ्घा र दक्षिणमा तराई भूभाग देखिने हुनाले भारतले यहाँ ३२ किलोमिटर सडक बनाई सिमाना मिचेको छ ।
झापा
पाठामारी महेशपुर भद्रपुर काँकडभिट्ट नकलबन्दा बाहुनडाँगी क्षेत्रमा भारतले ३२ हजार रोपनी नेपाली भूमि अतिक्रमण गरेको छ ।
मोरङ
बुद्धनगर-जोगवनीः जोगवनी सिमानामा दशगजा क्षेत्र नै देखिँदैन । नेपाली भूभाग बुद्धनगर पोखरिया र·ेली डाइनिया सोराभाग मझारे गाविसका दशगजा क्षेत्रमा भारतीय आप्रवासीहरुले सार्वजनिक र नेपाली जमिन अतिक्रमण गरेका छन् । र·ेली-चेप्राहाः र·ेली सहित आमगाछी झुर्किया महादेवा र कसर्िया सीमाक्षेत्रको नेपाली दशगजामा भारतीय नागरिक बसोबास गरेका छन् । बझाह लुना नदी-चुनिमाडीः नजिकको नेपालपट्टीको बरड·ाको एक किलोमिटर जमिन भारतले अतिक्रमण गरेको छ ।
सुनसरी
सुनसरी जिल्लाभित्रका कटैया-भन्टावारी हर्निगरिया साहेवगन्जजस्ता ठाउँहरुमा गरी भारतले सात हजार विघा नेपाली जमिन मिचेको छ ।
सप्तरी
सुवर्णपट्टीः यस क्षेत्रमा ५० मिटर सिमास्तम्भ नेपालभित्र सारिएको छ । जसका कारण ६० विघा जमिन भारतबाट अतिक्रमण भएको छ । सखडा छिन्नमस्ताः भगवतीभन्दा दक्षिण बरामपुरछेउको जग्गा भारतीयहरुले उपयोग गरिरहेका छन् । लालपट्टी-गोविन्दपुरः लालपट्टीमा ५०-१०० मिटरसम्म जङ्गे स्तम्भ सारी नयाँपिलर गाडिएको छ । दशगजाभित्रको करिब ५० विघा नेपाली जमिन अतिक्रमण भएको छ । कुनौलीः भारतीय रेल्वे स्टेसनतर्फ जाने सडक दक्षिणतर्फ करिब ५ किलोमिटर सीमा क्षेत्रको नेपाली जग्गा अतिक्रमण हुँदा ६० बिगाह जमिन मिचिएको छ । विष्णुपुर-शिवनगरः गोबरगाढा क्षेत्रमा भारतीय किसानहरुले ठाउँठाउँमा नेपाली जग्गा अतिक्रमण गरेका छन् ।
सिराहा
माडर-चन्द्रगन्जको दक्षिणी भूभाग र टाँडीको दशगजा क्षेत्रभन्दा भित्रको जमिन भारतले मिचेको छ ।
सर्लाही
त्रिभुवननगरः सीमास्तम्भ नं। २९ र ३० देख्नै नसकिने गरी ४३ जना भारतीयहरुले नेपाली दशगजा क्षेत्रदेखि २०० फिटभित्र नेपाली भूमि मिची सिसौका रुख लगाएका छन् । सीमास्तम्भ नं। ३५ ३८ र ३९ छेउछाउ नेपाली भूमि मिची भारतीयहरुले २९ घर बनाएको र यस्तै स्तम्भ नं। २८२९३० वरपर २० घर स्तम्भ नं। २५ २६ छेउ ११ घर बनाई सिमा मिचिएको छ । सङग्रामपुर-हथिऔलः पूर्वमा सङग्रामपुर र पश्चिममा हथिऔल गाविसहरुको दशगजाभित्रको नेपाली जग्गा विगत २० वर्षदेखि भारतीयहरुले उपयोग गर्दै आएका छन् ।
रौतहट
गौर-जमुनाः जमुना गाविसको वडा नं। ८ को दक्षिण भागमा भारतीयहरुले वृक्षारोपण गरेर रुखहरुको उपयोग गरिरहेका छन् । गौरनजिकै भारतीय क्षेत्रमा बाँध बाँधिएको हुनाले वर्षामा बाढी र डुबानबाट नेपालीहरु पीडित छन् ।
पर्सा
ठोरीः यस क्षेत्रमा भारतीयहरुले पुराना सीमास्तम्भ नं। ८४ र ८५ हटाई भिकना ठोरीतर्फबाट नेपालतर्फ ५०० मिटर सिमाना सारी नेपाली भूमि मिचेका छन् । लक्ष्मीपुर-पिपराः यस क्षेत्रमा पनि चोक्टाचोक्टी सीमा अतिक्रमणमा परेको छ । वीरगाज-सिसर्ियाः अलौ तथा सिक्टा क्षेत्रमा नेपाली दशगजा भारतीय नागरिकहरुले मिचेका छन् । वीरगन्जको सिसर्ियामा भारतले वाणिज्य कन्सुलेट अफिस र भन्सार कार्यालय नेपाली भूमिमा बनाएको छ । रक्सौलमा नेपाली स्वामित्व भएको जमिनमाथि भारतीयहरुले अतिक्रमण गरेका छन् । रक्सौलमा नेपाल सरकारले रेल्वेका लागि १९२४ जुन २९ मा भारु ३२ हजारमा किनेको २७।७१ एकड १६ विगाहा १० कठ्ठा जमिन भारतीयहरुले एकपक्षीय रुपमा हडप्न थालेका एक दशक नाघेको छ ।
चितवन
बाल्मीकि आश्रमक्षेत्रको जङ्गलमा बेलामौकामा भारतीयहरुले अतिक्रमण गरी रुखसमेत काटी लैजाने गरेका छन् । दारनाला दारीचुरेः यस क्षेत्रको भूभागमा भारतीय पक्षले वर्षेनी अतिक्रमण गर्दै आएका छन् ।
नवलपरासी
सुस्ता नसा्रही क्षेत्रः सुस्ता क्षेत्रमा २०११ सालभन्दा अघिदेखि भारतीयहरुले नेपालतर्फको जङ्गलको भूमि अतिक्रमण गर्दै आएको पाइन्छ । त्यसपछि नारायणी नदीले धार बदलेपछि भने नेपाली भूमि मिचिने क्रम अझ बढेको छ । यो सर्वाधिक पुरानो विवादित भाग हो । सुस्ता-नसा्रही क्षेत्रको करिब २१९५० विगाह जमिन भारततर्फबाट मिचिएको छ । यस्तै घोङखीनाला नजिकको दशगजा क्षेत्रमा पनि विवाद कायम छ ।
रुपन्देही
दानवनदी क्षेत्र रसियावाल खुर्दलोटन बाँधः नेपालको मर्चावार क्षेत्रमा सीमास्तम्भ नं। ३० सँगै सटाएर भारतले ३ किलोमिटर लामो रसियावाल खुर्दलोटन बाँध बनाउनाले मालिगाव थुमुवा पिप्रवा असुरनैया बेचकुइया रोइनिहवा फेरना सिलौटिया बोगडी सिवुवा अमा बभनी गाविसहरुको धानखेत डुबानमा परी करिब २० किलोमिटर दशगजा मिचिएको छ । यसबाट गौतमबुद्धको जन्मस्थान लुम्बिनी पनि डुबानमा पर्ने खतरामा छ । सुनौली नाकाः बेलहिया सुनौली नाकाको नेपालतर्फको दशगजा क्षेत्रमा भारतीयहरुले अनधिकृत झुपडी र पानी टयाङकी बनाई सीमा अतिक्रमण गरेका छन् । सुनौली सीमाक्षेत्रभन्दा ९।१ मिटर नेपालभित्र परे
को भारतीय प्रहरी थाना पनि हालसम्म हटाइएको छैन । कपिलवस्तु कृष्णनगर ठन्डानदी किनारको दशगजाको दुवै भागमा भारतीयहरुले घर बनाएकाले नेपाली दशगजा क्षेत्र हरण भएको छ । यस्तै ठन्डा नदीले काटी दशगजाको भाग मेटाएको छ ।

दाङ कोइलाबासः सिवालिक श्रृङ्खलामा रहेको कोइलाबास क्षेत्रमा भारतीयहरुले साविक सीमाभन्दा उत्तरपूर्वसम्म भारतको पर्छ भनी केही भाग मिचेका छन् । हर्नाडाँडा क्षेत्रमा चुरे फेदीको सिमानालाई उत्तर सारी श्रृङ्खलाको सिमाना सारिएको छ । दाङको डुडुवा श्रृङ्खलामा अङ्ग्रेजकै पालादेखिको विवाद थियो ।
बाँके
सन्तलियाः ठाउँ-ठाउँमा दशगजा मिची भारतीयहरुले घर बनाएका छन् । होलिया-नैनापुर लक्ष्मणपुरबाँध :राप्ती नदी क्षेत्रको दोराचुरे एवं होलिया गाविस वडा नं. ९ सन्तलियादेखि दक्षिणतिर दुई देशबीचको सीमारेखादेखि र सीमास्तम्भ नं। १९ देखि करिब ३०० मिटर टाढा भारतले २०५६ सालमा राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध तथा तटबन्धबाट बाँकेको बेतहनी होलिया फत्तेपुर गंगापुर मटेहिया नैनापुरसमेत गरी ९ गाविसको खेतबारी र धनजन डुबानमा परेको छ । भारतले लक्ष्मणपुर बाँध र २२ किलोमिटर लामो तटबन्ध निर्माण गर्नाले दुई देश बीचका सीमास्तम्भहरु लोपभएका छन् । नेपाली भू-भाग जलमग्न भएको छ ।
बर्दिया
मनउ, खैरी र टपरा क्षेत्रको ठाउँ ठाउँमा दशगजा मिचिएको छ । गुलरिया नगरपालिका-१२ मा दशगजामा १ किलोमिटर खाडल खनी टपरी गाउँको सीमास्तम्भ नं. ६२/६ देखि ६२/८ सम्म १ किलोमिटर भूभाग भारतले मिचेको छ । बर्दिया जिल्लाको करिब ६० किलोमिटर नेपाल-भारत सीमावर्ती क्षेत्रको स्तम्भ नं। ४१ देखि ९८ सम्मका प्रायः जसो दशगजाको भूभाग भारतीय पक्षबाट खेतयोग्य जमिन बनाइएको छ । मूर्तियाः बर्दियाबाट मुर्तिया जाने बाटोको बासी क्षेत्रमा केही जमिन अतिक्रमणमा परेको छ । मानपुर-भीमापुरः नकुवा नालादेखि उत्तरतर्फको क्षेत्र मिचिएको छ । कैलाली सती-विरानाला-भानालाः यस क्षेत्रमा सीमास्तम्भहरु लोप भएका छन् । दशगजा भन्दा केही भित्री भाग पनि मिचिन पुगेको छ । यस्तै फूलबारी गाविस नजिकको भागमा मोहना नदीले आफ्नो बहाव बदलिरहने कारणले यस आसपासको जङ्गल भारतीयहरुले अतिक्रमण गर्ने गरेका छन् । भजनी कुसुमघाट र लालबोझी कौवाखेडा को सीमास्तम्भ नं। ११० ११५ १२३ नेपालतर्फ सारेर २० मिटर चौडा १५ किलोमटिर लामो नेपालको करिब ५०० बिघा जमिन २०६३ पुस १० देखि मिचिएको छ ।
कचनपुर
ब्रम्हदेवमण्डि-पुर्णागिरीः ब्रम्हमदेवमण्डिमा रहेको सीमास्तम्भ नं। १ बगाएपछि केही नेपाली भूमि अतिक्रमित हुन पुगेको छ । टनकपुर ब्यारेज तथा डुबान क्षेत्रः यस भागमा करिब २२२ हेक्टर नेपाली भूमि अतिक्रमित भएको छ । भारतले टनकपुर बाँध निर्माणसँग सम्बन्धित ५७७ मिटर लामो पुल बनाउँदा नेपालतर्फको जमिन मिचिएको छ । बनबासा-गड्डाचौकीः यस क्षेत्रमा नेपालतर्फको भूभाग भारतीय बासिन्दाले क्रमशः मिच्दै आएका छन् । लक्ष्मीपुर रामपुर बिलासपुर चाँदनी दोधाराको पूर्वी भाग मेलाघाट तथा सुन्दरनगर क्षेत्र त्रिभुवनबस्ती बेलडाँगी गाविस दशगजाभित्रको ठाउँठाउँमा गरी करिब ३० बिघा नेपाली भूभाग अतिक्रमण गरी भारतीय नागरिकहरुले २६ वर्षदेखि उपयोग गर्दै आएका छन् । शारदा ब्यारेजक्षेत्रः भारतबाट शारदा बाँध निर्माण गर्दाका समयमा ३६।६७ एकड २९१।७ रोपनी जमिन साबिकदेखि नै मिचिएको मिचिएकै छ । शुब्लाफाँटः शुक्लाफाँट बन्यजन्तु आरक्षण क्षेत्रको दक्षिणको सीमारेखाको २० लाइन किलोमिटर क्षेत्रको ठाउँ-ठाउँमा २९ वर्गकिलोमिटर भूभाग मिचिएको छ । परासन-खुड्डाकड्ढडः परासन गाविसको वडा नं। ९ को खुड्डाकड्ढडमा अवस्थित सीमास्तम्भ नं। १९७ लाई रिफरेन्स पिलर बनाउँदै १५० मिटर चौडा नेपाली भूमि अतिक्रमण भएको छ । यस क्षेत्रमा भारतीय ठेकेदारहरु घुसेर काठ काटी लैजाने गरेका छन् । त्रिभुवनबस्ती गाविसदेखि ब्रम्हदेवमण्डीसम्म नेपालभारत सीमाक्षेत्रका सीमास्तम्भहरुमध्ये १२ वटा हराएका र १० वटा मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेका छन् ।
दार्चुल
ा कालापानी-लिम्पियाधुराक्षेत्रः यो क्षेत्रमा नेपाल र भारतबाट चीनको स्वशासित प्रदेश तिब्बतको ताक्लाकोट व्यापारिक केन्द्रतर्फ जाने लिपुलेक भन्ज्याङदेखि शुरु भई व्यास गाविस वडा नं। १ मा पर्ने साविक तुल्सीन्यूराङ नाभिडाँड हाल कालापानीमा भारतीय अर्धसैनिकले ओगटेको भाग हुँदै यसदेखि अझ पश्चिमतर्फका गुन्जी कुटी नाभी छोटाकैलाश जोलिङकाङ पर्वत हुँदै लिम्पियाधुरासम्म पुगेको छ । कसरी सुल्झियो चीनसँगको सीमाविवाद सीमाविद्हरुका अनुसार उत्तरी छिमेकी चीनसँग नेपालको सीमा विवाद छैन । सन् १९६० मा चीन र नेपालका बीचमा सीमा सम्झौता भएको थियो । त्यसको एक वर्षपछि सन् १९६१ मा सीमा सन्धि गरियो । त्यसबेलासम्म नेपाल र चीनका बीचमा मुस्ताङ टिङकर लार्केभन्ज्याङ गौरीशङ्कर हिमाल किमाथाड्ढाजस्ता ३२ ठाउँमा सीमा विवाद थियो । सीमाड्ढनपछि सन् १९६२ मा भने जमिनमा सीमा खम्बा गाड्ने काम भयो । सगरमाथामा पनि चीनले दाबा गरेको थियो । सगरमाथाबाहेक अरु विवाद तल्लो प्राविधिक तहबाट हल गरियो । सगरमाथाको मामिला भने प्रधानमन्त्रीकै स्तरबाट समाधान गरिएको थियो । नेपालले दाबी गरेका ठाउँहरुमा चीनले दस्तावेजका आधारमा सहजै छाडिदिएको थियो । चीन र नेपालको बीचमा पानीढलो सिद्धान्तको आधारमा सीमाड्ढन भएको थियो । त्यसबेला लिने र दिने सिद्धान्त पनि अपनाइएको थियो । जसको कारण सीमा विवाद चाँडो समाधान भयो । यस्तो संवेदनशील कुरालाई ध्यानमा राखेर सौहादपूर्ण तरिकाले सीमाड्ढन समस्या समाधान भएको थियो । तर सगरमाथाको समस्या भने दुई देशका सरकार प्रमुखका बीचमा दस्तावेजका आधारमा छलफल गरी समाधान गरिएको थियो । तत्कालिन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले २०१७ साल बैशाखमा नेपाल भ्रमण गर्नुभएको थियो । उहाँ र नेपालका तत्कालिन प्रधानमन्त्री विपी कोइरालाका बीचमा सगरमाथाको विषयमा छलफल भएपछि बैशाख १६ गते सिंहदरवारको ग्यालरी बैठकमा चाउ एन लाइले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । सो सम्मेलनमा उनले भनेका थिए -”नेपालका प्रधानमन्त्री वीपी कोइरालाले हामीलाई दिएको तथ्याड्ढलाई चीनले राजनीतिक कूटनीतिक र प्राविधिकरुपमा अध्ययन गर्दा चीन सरकार यो निर्णयमा पुग्यो कि वीपी कोइरालाले दिएको नक्सा जायज छ । त्यसैले सगरमाथा हामीले नेपालकै हो भनेर निर्णय गरेका छौँ । “चाउ एन लाइको त्यो भनाइबाट एकाएक सगरमाथा समस्या हल भएर गएको थियो । यद्यपि सङ्खुवासभाको उत्तरी दुईवटा गाउँ च्या· र लेन्दुप परापूर्व कालमा नेपालको थियो । तर तयो सीमाड्ढनको बेलामा चीनतर्फ पारियो । त्यसबेलाका कर्मचारीले दस्तावेज अध्ययन गर्न नसकेको हुनुपर्छ । या त अन्य कुनै कारणबस ती गाउँहरु चीनतिर पर्न गए । त्यहाँका जनताले मालपोत कहिले नेपालतर्फ त कहिले तिब्बततर्फका जिम्माललाई तिर्थे । हुँदा-हुँदा त्यहाँका बासिन्दाले दुवैतर्फ मालपोत तिर्न छाडेका थिए । नेपालका लागि पूर्व चिनियाँ राजदूत योङले कालापानी सीमा विवादका बारेमा एक कार्यक्रममा प्रतिकि्रया दिदै भनेका थिए- “नेपाल र चीनका बीचमा सिमाड्ढन गर्दाको समयमा कालापानी नेपालकै हो । यद्यपि त्यसबेलामा नेपालको सिमाना पश्चिमको लिम्पियाधुरासम्म पुगेको थियो । त्यो ऐतिहासिक दस्तावेजलाई बेवास्ता गरियो ।”

Friday, January 15, 2010

बोस्टनमा नेपाली बालिका उपाधी जित्न सफल



(कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनिन् ।)
गोरखा जिल्लाबाट चार बर्ष अगाडि बुवा ध्रुब घिमिरेको ग्रिन कार्डमा सुनौलो सपना बोकेर आफ्नी माता राधिका घिमिरेसँग अमेरिका छिरेकी नौ बर्षकी बालिका ओशिन घिमिरे म्यासाचुसेट्स राज्यमा ’नेशनलस, इन्क, प्रेजेन्ट्स’ द्धारा आयोजित ’मिस जुनियर प्रि-टीन, बोस्टन – २००९’, उपाधी जित्न सफल भएकी छिन् ।
अमेरिकाका प्रत्यक राज्यबाट छानिएर एक बिजेतालाइ आगामी डिसेम्बर महिनामा फ्लोरिडा राज्यको ओर्ल्यान्डओमा  आयोजना गरिने ’मिस जुनियर प्रि-टीन, यू यस् ए – २००९’ मा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ओशिन म्यासाचुसेट्स राज्यको प्रतिनिधित्वको साथमा प्रतिस्पर्धा गर्नेछिन ।
कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनेर उक्त उपाधी चुम्न सफल भएकी हुन ।
तीन बर्षको उमेरदेखी नेपालमा रहंदा आफ्ना समाजमा आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखी सहभागिता जनाइरहेकी उनी अमेरिका आएदेखी बोस्टन क्षेत्रमा आयोजना गरिने र गरिएका हरेक कार्यक्रममा आफ्नो सभागिताले प्रतिभा प्रदर्शन गर्दै आएकी छिन् । यसै शिलशिलामा अर्की बालिका श्वेता तमाङले पनि उक्त कार्यक्रममा ओशिनसङै ’फोटोकेनिक’ को उपाधी जितेकी छिन् ।
आगामी डिसेम्बरमा फ्लोरिडामा हुन लागेको राष्ट्रियस्तरको प्रतितियोगितामा ओसिनले बोष्टन र आसपासका क्षेत्रको प्रतिनिधित्व गर्नेछिन् । सो प्रतियोगिताको उपाधी जित्न सफल भएमा ओसिनले ६० हजार अमेरिकी डलर बराबरको पुरस्कार जित्नेछिन् । 

गोरखाका सडकहरु

All roads and length in Gorkha Distric.
1. Aanbu Khaireni - Gorkha               ( 24 Km )
2. Gorkha - Arughat - Arkhet            (44 Km)
3. Gorkha - Manakamana                 ( 22 Km )
4. Satdobato-Nibenl- Baluwa - Barpak: (12 Km - Under Construction)
5. Draba Shah Marga ( 30.635 Km)
6. Benighat - Arughat- Arkhet ( 58.35 Km )
7. Birendra Chok - Bakrang - Manakamana (3.4 Km )
8. Birdi - Sera (5.25 Km)
9. Ghairung Batase - Kuwapani - Fhunjel (5.45 Km)
10. Bahra Kilo - Chhepetar (4 Km)

गोरखाका कार्यालयका संपर्क फोनहरु

आकस्मिक फोन नं हरु

नामहरु   नम्बरहरु
जिल्ला विकास समितिको कार्यालय,गोरखा : ०६४-४२०२३७, ४२०१४४, ४२०७९३, ४२०३७७, ४२०३७८
जिल्ला प्रहरी कार्यालय, गोरखा : ०६४-४२०१९९
नेपाली काँग्रेस : ०६४-४२०२१९
ने.क.पा.एमाले : ०६४-४२०१२६
ने.क.पा.माओवादी : ०६४-४२१२६७
जनमोर्चा नेपाल : ०६४-४२१०२९
गोरखा जिल्ला अदालत, गोरखा : ०६४-४२०१९५
जिल्ला प्रशासन कर्यालय, गोरखा : ०६४-४२०१३३
दि फेमस महिन्द्र दल गण, गोरखा : ०६४-४२०३१९
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय , गोरखा : ०६४-४२०११०
जिल्ला जनस्वास्थ्य कार्यालय, गोरखा : ०६४-४२०११९
जिल्ला भुरंरक्षण कार्यालय, गोरखा : ०६४-४२०२३०
जिल्ला पशू सेवा कार्यालय, गोरखा : ०६४-४२०२७३
जिल्ला शिक्षा कार्यालय, गोरखा : ०६४-४२०१०५
जिल्ला कृषि विकास कार्यालय, गोरखा : ०६४-४२०११३
जिल्ला वन कार्यालय, गोरखा : ०६४-४२०१३६
जिल्ला सरकारी वकिल कार्यालय गोरखा : ०६४-४२०१३८
जिल्ला प्राविधिक कार्यालय, गोरखा : ०६४-४२००२९
कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखा : ०६४-४२०१४०
राष्ट्रिय अनूसन्धान कार्यालय, गोरखा : ०६४-४२०१६५
शाखा तथ्यांक कार्यालय, गोरखा : ०६४-४२०१९८
पृ.ना.न.पा. कार्यालय, गोरखा : ०६४-४२०२६९
महिला विकास कार्यालय, गोरखा : ०६४-४२०१०८
जिल्ला मालपोत कार्यालय, गोरखा : ०६४-४२०२०१
जिल्ला हूलाक कार्यालय, गोरखा : ०६४-४२०११२
जिल्ला निर्वाचन कार्यालय, गोरखा : ०६४-४२०७९६
कारागार शाखा : ०६४-४२०१९७
नापी शाखा गोरखा : ०६४-४२०१९१
घरेलू तथा साना उद्योग विकास समिति, गोरखा : ०६४-४२०१९३
कृषि विकास बैक, गोरखा : ०६४-४२०१६६
राष्ट्रिय वाणिज्य बैक, गोरखा : ०६४-४२०१५५
नेपाल टेलिकम, गोरखा : ०६४-४२०२४४
नेपाल टेलिकम, गोरखा : ०६४-४२०२४४
नेपाल विद्यूत प्राधिकरण, गोरखा शाखा : ०६४-४२०१७७
मनास्लू संरक्षण क्षेत्र आयोजना : ०६४-४२०४५६
दरवार क्षेत्र परियोजना : ०६४-४२०१४५
श.वि.तथा भ.नि.वि.डि.का. गोरखा : ०६४-४२०२२१
प.क्षेत्रीय सिंचाई स.डि.नं. १, गोरखा : ०६४-४२०१७५