Showing posts with label प्रेरणादायी सामग्री. Show all posts
Showing posts with label प्रेरणादायी सामग्री. Show all posts

Friday, January 15, 2010

बोस्टनमा नेपाली बालिका उपाधी जित्न सफल



(कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनिन् ।)
गोरखा जिल्लाबाट चार बर्ष अगाडि बुवा ध्रुब घिमिरेको ग्रिन कार्डमा सुनौलो सपना बोकेर आफ्नी माता राधिका घिमिरेसँग अमेरिका छिरेकी नौ बर्षकी बालिका ओशिन घिमिरे म्यासाचुसेट्स राज्यमा ’नेशनलस, इन्क, प्रेजेन्ट्स’ द्धारा आयोजित ’मिस जुनियर प्रि-टीन, बोस्टन – २००९’, उपाधी जित्न सफल भएकी छिन् ।
अमेरिकाका प्रत्यक राज्यबाट छानिएर एक बिजेतालाइ आगामी डिसेम्बर महिनामा फ्लोरिडा राज्यको ओर्ल्यान्डओमा  आयोजना गरिने ’मिस जुनियर प्रि-टीन, यू यस् ए – २००९’ मा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ओशिन म्यासाचुसेट्स राज्यको प्रतिनिधित्वको साथमा प्रतिस्पर्धा गर्नेछिन ।
कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनेर उक्त उपाधी चुम्न सफल भएकी हुन ।
तीन बर्षको उमेरदेखी नेपालमा रहंदा आफ्ना समाजमा आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखी सहभागिता जनाइरहेकी उनी अमेरिका आएदेखी बोस्टन क्षेत्रमा आयोजना गरिने र गरिएका हरेक कार्यक्रममा आफ्नो सभागिताले प्रतिभा प्रदर्शन गर्दै आएकी छिन् । यसै शिलशिलामा अर्की बालिका श्वेता तमाङले पनि उक्त कार्यक्रममा ओशिनसङै ’फोटोकेनिक’ को उपाधी जितेकी छिन् ।
आगामी डिसेम्बरमा फ्लोरिडामा हुन लागेको राष्ट्रियस्तरको प्रतितियोगितामा ओसिनले बोष्टन र आसपासका क्षेत्रको प्रतिनिधित्व गर्नेछिन् । सो प्रतियोगिताको उपाधी जित्न सफल भएमा ओसिनले ६० हजार अमेरिकी डलर बराबरको पुरस्कार जित्नेछिन् ।