Showing posts with label Article. Show all posts
Showing posts with label Article. Show all posts

Monday, January 18, 2010

भाषा विकृतिको विकराल अवस्था र निराकरणका केही उपायहरु

* रामकुमार श्रेष्ठ *

बैज्ञानिक उपलब्धिका हरेक ठाउँमा देखिने सकारात्मक र नकारात्मक असरहरुबाट भाषाको क्षेत्र पनि अपबादको रुपमा पर्न नसक्ने देखिन्छ । यो क्षेत्र झन कतै सर्बाधिक असर पारिएको क्षेत्रभित्र नै त पर्ने होइन भनी प्रश्न गर्नु पर्ने अवस्था छ बिद्यमान बस्तुस्थितिको विस्लेषण गर्दा । हामी स्कूल पढने समयमा बिद्यार्थीहरुमा भाषिक बैशिष्ठ्यता विकास गर्नको लागि पत्र पत्रिका बढी पढन सल्लाह दिइने गरिन्थ्यो शिक्षकहरुद्धारा, तर आजकाल शिक्षकहरुले त्यस किसिमको सल्लाह दिनु अघि आँफैले पत्र पत्रिका नपढिकन जुन पायो त्यही पढन दिने हो भने परिणाम सकारात्मकभन्दा बढी नकारात्माक हुन सक्ने संभाबनालाई नकार्न मुस्किल पर्ने देखिन्छ । विज्ञान र प्रविधिको बिकासका कारण प्रेस र अन लाइन क्षेत्रमा पत्र पत्रिकाको संख्यामा जे जसरी उल्लेखनीय प्रगति भएको छ यस्ले नब प्रतिभाहरुका लागि उपयुक्त वातावरणको सिर्जना त गरेको छ नै, तर अधिकांश प्रकाशित सामग्रीहरुमा पाइने प्रचूर व्याकरणीय गल्तीहरुले भने भाषा बिकृतिको भयाबह अवस्थाको गांभीर्यतालाई गंभिर रुपमा समयमा नै ध्यान नदिने हो भने भाषा बिकृतिको स्वरुप कल्पनाभन्दा बाहिर जान सक्ने संभाबनालाई नकार्न नसकिने देखिन्छ ।

आजकाल पाइने थुप्रै अन लाइन तथा प्रेस खबर पत्रिकाहरु विज्ञान र प्रबिधिको क्षेत्रमा भएको विकासको देन हो । बिशेषत: अन लाइन पत्रिकाका कारण संसार अत्यन्तै सानो भएको छ – संसारको कुनै पनि कुनामा रहेर कुनै पनि अर्को कुनाको खबरहरु छिन भरमै थाहा पाउन सकिन्छ । अफसेट प्रेस बजारमा नआउँदासम्म पत्र पत्रिका र प्रकाशित पुस्तकको संख्या खासै धेरै हुन्नथ्यो । त्यसैले पत्र पत्रिकाको लागि लेख्ने र पुस्तक छपाउने ब्यक्तिहरु सामान्यत दिग्गज ब्यक्तिहरुको रुपमा मानिन्थे । त्यस समयमा लेखिएका सामग्रीहरु छपाउन कत्तिलाई सार्है मुस्किल पर्थ्यो सीमित सामग्रीहरुले मात्र स्थान पाउने भएको कारण भने आजकाल लेखिएका सामग्रीहरु छपाउनका लागि तुलनात्मक रुपमा धेरै सहज छ बिभिन किसिमका पत्र पत्रिकाको प्राचुर्यताको कारण, तर पर्याप्त सामग्री, चाख लाग्दो र महत्वपूर्ण बिषयबस्तु, राम्रो लेखनशैलीयुक्त हुँदा हुँदै पनि व्याकरणको दृष्टिकोणबाट हेर्ने बित्तिकै नचाहेरै पनि निधार नखुम्चयाइ धरै नपाईने हुन्छ कतिपय प्रकाशित लेख रचनाहरुमा । यो नयाँ समस्या भएको कारण यसतर्फ ध्यान पुगिहालेको देखिन्न, तर समयमा नै यो समस्याका कारणहरु र यस्लाई निराकरण गर्न सकिने उपायतर्फ ध्यान दिनु पर्ने कुरामा भने सन्देह छैन यस्ले भविस्यमा भाषा विकृतिको क्षेत्रमा निम्त्याउन सक्ने खतराहरुलाई विचार गर्दा ।

कुनै पनि कुरा प्रकाशित भएपछि सामान्यत त्यस्ले आधिकारिक रुप धारण गर्ने भएकोले सामग्री प्रकाशित गरिनु अघि मुलभूत कुराहरुमा असर नपर्ने गरी प्राप्त सामग्रीहरुमा भए गरिएका गल्ती/ कमजोरीहरु सच्याइनु/ हटाइनु पर्छ संपादकहरुद्धारा । किनकि त्यसपछिको अवस्था भनेको प्रकाशित सो सामग्रीको महत्व अनुरुप बर्षौं बर्षौसम्म मानिसहरु त्यस्को खोजी र अध्ययन गर्न सक्छन । अर्को कुरा इण्टरनेटको आजको यो जमानामा कुनै सामग्री प्रकाशित हुने बित्तिकै समय, परिस्थिति, अवस्था र सामग्रीको महत्व अनुरुप हजारौं लाखौं मानिसको हातमा त्यो पुग्न सक्छ । ब्यक्तिगत रुपमा बनाइने ब्लगहरुमा भने संपादक नहुने भएकोले ब्लगमा हुने गल्ती कम्जोरीहरु ब्लगसंग संबन्धित ब्यक्तिमा नै भर पर्ने भएकोले गल्तीका संभाबनाहरु तुलनात्मक रुपमा बढी नै हुन सक्ने संभाबना देखिन्छ र पनि यस क्षेत्रमा ब्यक्ति ब्यक्तिको क्षमता फरक फरक हुने भएकोले कुनै कुनै ब्यक्तिगत ब्लगको व्याकरण कुनै कुनै पत्र पत्रिकाको भन्दा राम्रो पनि हुन सक्छ । ब्यक्तिगत ब्लगहरुमा भएका सामग्रीहरु पनि सर्च इन्जिनको प्रयोग गर्दा आउने भएकाले त्यस्मा हुने गल्तीहरुलाई पनि बेवास्ता गर्न सकिन्न यस किसिमका समस्याका कारण र समाधानका उपायहरु विस्लेषण गर्ने क्रममा । गल्ती छुट्याउन सक्नेहरुको त कुरै भएन, तर गल्ती छुट्याउन नसक्नेहरुको लागि भने प्रकाशित सामग्रीहरुमा नै त्यसरी प्रशस्त गल्ती, कमी कमजोरी हुनु भनेको यस्ले उनीहरुमा भएका कमी कमजोरीलाई अझ सशक्त बनाउन सहयोग पुर्याउनु जस्तै हुन जान्छ ।

सामान्यत: कर्तब्यभन्दा अधिकारकै मात्र खोजी गरिने र आफू अनुकूलको काम कुरो हुँदा मात्र प्रजातन्त्र र स्वतन्त्रता भएको मानिने आजको बिस्व परिबेशमा स्कूल, कलेज र विश्वविद्यालयको विद्यार्थीमाथि शिक्षक एबं प्राध्यापकहरुको नियन्रण गुम्दै गएको देखिन्छ विकसोन्मुख देश र विकसित देशमा आ-आफ्नै किसिमले । बिदेशीले अंग्रेजी फरर बोलेको सुन्दैमा उनीहरुको अंग्रेजीमा लालायित हुनेहरुले अंग्रेजी बोलिने देशमा नै ग्र्याजुयट गर्नेहरुको समेत अंग्रेजी सन्तोषजनक नभएको थुप्रै आलेखहरुबारे प्रसंग उठाउँदा धेरैको लागि अपत्यारिलो लाग्न सक्ला, तर बोल्नु जति सजिलो हुन्छ शुद्धसंग लेख्ने काम त्यत्ति सहज छैन । त्यसरी नै नेपालीका लेखहरु देखेर लालायित हुने नेपाली सिक्दै गरेका विदेशीहरुलाई ती लेखहरुमा भएका भाषागत त्रुटीहरुबारे बताउँदा सिर्जना हुने जिब्रो टोक्न पर्ने परिस्थितिको कल्पनाप्रति कैयौं नेपाली अनभिज्ञ छन उनीहरु आँफैंमा बिद्यमान कमजोरीका कारण । प्रकाशित सामग्रीमा भए गरिएका गल्तीको तात्कालिन र दीर्घ कालिन थुप्रै नकारात्मक असरहरु हुन सक्ने र बिस्तारै विस्तारै समस्या बढदै जाने भएकोले यस किसिमका समस्याहरुको न्यूनिकरणतर्फ समयमै ध्यान दिइनु अति आबस्यक हुन्छ समस्या समाधानलाई नियन्रण बाहिर जान नदिनका खातिर ।

एक जना मित्रले आफ्नो प्रकाशित पुस्तक उपहार दिएर गएपछि पुस्तकको पछाडि हेरें, मित्रले प्राप्त गरेका डिग्रीको फेहरिस्त डरलाग्दो थियो । पुस्तक पल्टाएँ र भित्रको एउटा पातो पल्टाएँ । एउटै पातोमा भएको अनगिन्ति भाषागत गल्तीका कारण पुस्तक सबै पढने जाँगर चल्ला जस्तो लागेन यद्यपि बिषय सूची हेर्दा बिषयबस्तु भने राम्रा र महत्वपूर्ण भएको अनुमान गर्न सकिन्थ्यो । करीब आठ बर्ष अघि सुर्खेतमा त्यहाँका प्रजिअ, स्थानीय बिकास अधिकारी, नगरपालिकाका मेयर लगायत सबै जसो कार्यालयका कार्यालय प्रमुखहरु सहभागी हुने “परिवर्तनका आधारशिलाहरु” नामक कार्यक्रममा केही दिन म पनि सहभागी भएको थिएँ । कार्यक्रमको उद्धेस्य थियो कार्यक्रमका सहभागीहरुको आचार र बिचारमा परिवर्तन ल्याइ प्रशासनिक कार्यलाई प्रभाबकारी बनाइ बिकास कार्यलाई नयाँ गति दिने । कार्यक्रम आधुनिक ब्यबस्थापन र आध्यात्मलाई मिलाएर बनाइएको थियो । केही दिनमा तालिमका सामग्रीको ठूलो फाइल तयार भएपछि कुनै समय एउटा अन्तरराष्ट्रिय गैर्ह सरकारी संस्थामा निर्देशकको रुपमा काम गरिसकेका उक्त तालिमका ती श्रोत ब्यक्तिसंग गुनासो पोखें, “अंग्रेजी सामग्रीहरु त मेरो क्षमताभन्दा माथिको कुरा हो र हाम्रो भाषा पनि नभएकोले यसबारे केही बोल्ने भन्ने कुरा पनि भएन, तर प्रायश: यसरी नै कार्यालय प्रमुखहरुलाई लक्षित गरेर सन्चालन गरिने र भबिस्यमा सांसदहरुलाई समेत सहभागी बनाउने लक्ष लिनु भएको यस्तो कार्यक्रमको नेपाली भाषामा लेखिएका सामग्रीहरुमा भएका प्रसस्त गल्तीहरु एकदमै नसुहाउँदो छ । किनकि सामान्यत: यस किसिमका गल्ती देख्न सक्ने क्षमता हुनुपर्ने सहभागीहरु नै यस कार्यक्रमको लक्षित समूह हो । ” वास्तबमा सो कार्यक्रको लागि आर्थिक जिम्मेवारी बिदेशी विकासे संस्थाहरु हुन्थे र कार्यक्रम असाध्यै महंगो हुन्थ्यो जुन कुरो कार्यक्रमका सहभागीहरुलाई थाहा हुन्नथ्यो र पनि केही खर्च गरेर एक चोटी राम्रो नेपाली शिक्षकको सहयोग लिएको खण्डमा संधैको लागि हुने कुरामा पनि खर्चको हिसाबले कन्जुस्याइं र जिम्मेवारीको हिसाबले हेलचेक्र्याइं गरेको देखिन्थ्यो । उपर्युक्त दुई उदाहरणहरुले के प्रमाणित गर्छ भने पुस्तक प्रकाशित गर्ने र त्यस्तो संबेदनशील कार्यक्रम गर्नेहरुले समेत भाषागत शुद्धा शुद्धीमा पटक्कै ध्यान दिएको नपाईनुको पछाडि उहाँहरु आँफै यस्ता कुराहरुमा निकै कम्जोर भएको देखिन्छ । आफू कम्जोर भएको पक्षमा ध्यान नदिनु अर्को ठूलो कम्जोरी हो । यस किसिमका प्रशस्त गल्तीयुक्त सामग्रीहरु पढन पर्ने वातावरणले गर्दा यस क्षेत्रमा कमजोर हुनेहरुका लागि आफूमा भएका कम्जोरीहरु कमी गर्ने संभाबना प्राप्त गर्नुभन्दा झन झन अन्यौल सिर्जना गर्न सक्छ र बिस्तारै बिस्तारै यस्ले भाषा विकृतिकै लागि उत्प्रेरित गर्ने कुरामा शंका छैन ।
समस्याका संभाबित केही कारणहरु:

* बिभिन्न कारणबश कतिपय पत्रिका ब्याबसायिक रुपमा नभएर पार्ट टाइम कामको रुपमा प्रकाशित भएकोले प्रकाशित गरिएका लेखहरुले संपादकहरुबाट यथेस्ट समय र ध्यान पाउन नसक्नु;

* युनिकोडमा केही संयुक्त अक्षरहरु लेख्नमा कठिनाई भएको देखिन्छ (यस कारणबाट हुने गल्ती एकदमै न्युनतम देखिन्छ । उदाहरणको लागि युनिकोडबाट “विस्तृत” लेख्न परेको खण्डमा “विस्त्रित” हुन जान्छ र पहिला प्रिति फण्टबाट विस्तृत लेखी त्यस्लाई युनिकोडमा परिवर्तन गरिनु पर्ने हुन्छ । );

* कहिलेकांही लेखकहरुद्धारा पठाइएका सही सामग्री समेत झन बिगारेर छापिएको समेत पाइएको छ, जस्ले प्रकाशन गर्ने बेलामा गरिने होशियारीपनाको अभाब देखाउँछ स्पस्ट रुपमा ;

* ब्याबसायिक रुपमा सन्चालन गर्न ठूलो लगानी नगर्नेहरुले ब्याकरणीय दृष्टिकोणले संपादन गर्ने ब्यबस्था नगरिएको हुन सक्छ;

* लेख रचना तयार गर्नेहरुमा लेख रचनाहरु प्रकाशित गराउनु मात्र ठूलो कुरा हो भन्ने भावना हुनु, तर प्रकाशित लेख रचनामा हुने भाषागत गल्तीका कारण त्यस्ले समेत पाठकको आफूप्रति हेर्ने दृष्टिकोणमा पर्न सक्ने असर अनि यस किसिमको वातावरणको कारण भाषा विकृति उत्प्रेरित हुन सक्छ भन्ने कुरा बुझ्न नसक्नु आँफैमा भएको कमजोरीका कारण;

समस्या समाधानका केही उपायहरु:

* धेरै पोस्टिङ् गर्नुको सट्टा पोस्टिङ् संख्या घटाएर पोस्टिङ् गरिने सामग्रीहरुको शुद्धा शुद्धीमा अलिक बढी समय र ध्यान दिने;

* लेखकहरुले पनि लेख दिनु अघि संपादकहरुलाई कामको बोझ कम हुने गरी पठाउनु अघि अलि बढी ध्यान दिएर अथवा आफ्नो क्षमता नभए क्षमता भएकोसंग सहयोग मागेरै भए पनि गल्ती कमजोरी कमी गर्न यथासक्य प्रयास गर्ने;

* पत्र पत्रिकामा हुने यस किसिमका गल्ती कम्जोरी नियन्त्रणका लागि आधिकारिक निकायलाई संस्थागत गरी यस किसिमका समस्याका आधारमा पत्रिका बर्गिकरण गर्ने;
* युनिकोड बनाउनेहरुले यस किसिमको समस्याको गांभीर्यतालाई बुझेर यस्मा भएका कमी कमजोरीलाई हटाउने;
* ब्यक्तिगत ब्लग बनाउनेहरुले ब्लगमा सामग्रीहरु राख्नु अघि आफूले नसक्ने भएको खण्डमा कसैलाई संपादन गर्न लगाएर मात्र सामग्री राख्दा ब्लगको स्तर राम्रो हुन सक्छ र साथी भाई र चिने जानेकाहरु मात्र नभएर जो कोही ब्लगमा जाँदा पनि सबै पक्षबाट प्रसंशा गरिन्छ भने त्यो वास्तबिक प्रसंशा हुने भएकोले त्यस किसिमको बातावरण बनाउन प्रयत्न गर्ने ;
यस किसिमका समस्या न्यूनिकरण तथा समाधानका खातिर मूलत: लेखक र संपादकहरुले जिम्मेवार बोध गर्नु नितान्त आबस्यक देखिन्छ ।

Published link: http://khasskhass.com/new/index.php?action=view_detail&id=715

Saturday, January 16, 2010

कति मिच्यो भारतले ६२ वर्षमा नेपाली भूमि

*जीवन पौडेल


भारतसँग जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाका ५४ भन्दाबढी ठाउँमा नेपाली भू-भाग मिचिएको छ । भारतसँग जोडिएका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमणबाट चोखा रहेका छन् । भारतबाट एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी पछिल्लो दाङ र बाराबाहेक भूभाग मिचिएको अनुमान गरिएको छ । यसमध्ये कालापानी-लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको छ । त्यतिमात्र कहाँ हो र मेची-महाकालीसम्म भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतीय पक्षबाट गायब भएका छन् । सशस्त्र प्रहरीबलको तथ्याङ्कअनुसार ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् । एकीकृत नेकपा माओवादीका नेता तथा संविधानसभा राष्ट्रिय हित संरक्षण समितिका अध्यक्ष अमिक शेरचन भर्खरै भारतीय सशस्त्र सीमा सुरक्षा बलले दाङमा गरेको ज्यादतीको अवलोकन गरेर फर्किए । परराष्ट्रमन्त्री सुजाता कोइरालाले दाङमा सीमा अतिक्रमण नभएको दावी गरेकी थिइन् । त्यसलाई खण्डन गर्दै शेरचन भन्छन्- “दाङको कुनै पनि सीमास्तम्भहरु यथास्थानमा छैनन् । जङ्गे पिलरहरु छैनन् । अनौठाखालका पिलरहरु सिमानामा भेटिए ।” यस विषयमा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि सहमत छन् । सन् १९८१मा नेपाल-भारत संयुक्त सीमा समिति गठन भएर त्यसले २००७ डिसेम्बरमा आपुनो काम सकेको बताउँदै उनी भन्छन्- “तर त्यसमा पनि विवाद कायमै छ । सो समितिले ९८ प्रतिशत सीमाङ्कन गरेका दावी गर्दै १८२ थान नक्सा बनाएको दाबी गरेको छ तर त्यो सरकारी स्तरमै गोप्य राखिएको छ । ” गत मंसिरमा नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले समेत सीमा विवाद रहेको स्वीकार गरेका थिए । अर्का सीमाविद् फणिन्द्र नेपाल अङ्ग्रेजले भारतलाई उपनिवेशबाट मुक्त गर्दा नेपालको भूमि पनि मुक्त गरेको बताउँछन् । उनी भन्छन् “नेपाल सरकारले यस मुद्दालाई सार्क आसियान र संयुक्त राष्ट्रसंघमा पेश गर्न सक्नुपर्छ ।
अन्तर्राष्ट्रिय न्यायालयमा जान पनि सकिन्छ । ” सुगौली सन्धिबाट गुमेको एकतिहाई भूभाग फिर्ता गर्ने सवालमा नेपालको यस्तो तर्क रहेको हो । सन् १९४७ सालमा स्वतन्त्र भएदेखि भारतले नेपालको भूमि लगातार अतिक्रमण गरिरहेको छ । भारतले १ लाख ४३ हजार वर्गकिलोमिटर नेपालको क्षेत्रफल भएको नक्सा बनाएको सीमाविद् नेपालको दावी छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा सीमित भएको थियो । सुगौली सन्धिभन्दा पहिले नेपालको क्षेत्रफल १ लाख ४ हजार ६ सय १६ वर्गकिलोमिटर थियो । नेपाल र भारतबीच १८ सय ८० किलोमिटर सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ त्यो पनि सीमाभन्दा ३-४ किलोमिटर भित्र मात्र । भारतसँग सीमा जोडिएका तराईका चितवन दाङ र पहाडका इलाम पाँचथर ताप्लेजुङ डडेल्धुरा बैतडी र दार्चुलामा नेपालका तर्फबाट सीमा सुरक्षाका लागि कुनै सशस्त्र फोस्र तैनाथ गरिएको छैन । उत्तरी छिमेकी चीनसँग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ । ती नाकाहरुमा नेपालले सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको छैन । भलै चीनसँग नेपालको सीमा समस्या हल भइसकेको छ ।
भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ । नेपाल भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । भारत र नेपालका बीचमा ८ हजार ५ सय र चीनसँग जोडिएका करिब १ सय सीमास्तम्भहरु छन् । तर ती सीमास्तम्भहरुको अवस्था कस्तो छ भन्ने जानकारी नेपाल सरकारलाई छैन । सीमाको सही व्यवस्थापन गर्न र भारतीय बसाइसराई रोक्न नेपाल-भारत सीमारेखामा काँढेतार लगाउनुपर्छ भन्ने सीमाविद्हरुले बताउँदै आएका छन् । सीमाविद् फणिन्द्र नेपाल भन्छन् “काँढेतार लगाउने हो भने भारतीय डकैतीबाट पनि नेपालीहरु सुरक्षित हुने थिए । ” अझ परिचयपत्रका आधारमा मात्र सीमामा आवत-जावत गर्दा उपयुक्त हुने उनी बताउँछन् ।
भारतीय अतिक्रमणमा परेका जिल्लाहरु
ताप्लेजुङ
टिम्बापोखरीः यस क्षेत्रको डाँडामा भारतले िस·लीला पार्क बनाउँदा काचनजङ्घा दक्षिण १५ किलोमिटर धसो्र मिचिन पुगेको छ । मगना तम्लिङः पूर्वी खण्डमा भारतले नेपाली सीमा मिचेको छ । काबेली-काब्रुः काचनजङ्घा हिमालको दक्षिण काब्रु क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने सिलसिलामा भारतले नेपाली भूमिलाई आफ्नो दावी गर्दै आएको छ ।
पाँचथर
च्याङथापु-सि·लीलाः भारतीय सेनाले नेपाली भूमि प्रयोग गरिरहेको छ । तिब्बु पोखरी क्षेत्रमा सीमा यकिन हुन नसक्दा पशुपालनको समेत समस्या छ । चिवाभाज्याङ-सि·लीलाः भारतले यस क्षेत्रको सीमारेखामा जोडेर राष्ट्रिय निकुाज बनाएकाले फलेलुङसम्मको नेपाली क्षेत्रको डाँडाको भाग समेत सो पार्कमा गाभेको छ ।
इलाम
पशुपतिनगर-हिलेः पशुपतिनगरको फाटकस्थित नेपाली दशगजा क्षेत्रमा भारतले भन्सार कार्यालय भवन बनाउन ४० वर्गकिलोमिटर नेपाली भूमि मिचेर काँढतार लगाएको छ । पशुपति-४ हिलेमा २०५९ असार २४ मा गाडेको ४ सीमास्तम्भमध्ये ७१÷२२ नम्बरको सहायक स्तम्भका कारणले नेपालीको ६ घर एवं एउटा छोटी भन्सार कार्यालयसमेत भारतमा परेको छ । मानेभन्ज्याङः यस क्षेत्रमा सीमा मिचिएको बारेमा नेपाली जनताले आवाज उठाउँदै आएका छन् । सन्दकपुरः ३३ ३६३ मिटर अग्लो यो डाँडोबाट काचनजङ्घा र दक्षिणमा तराई भूभाग देखिने हुनाले भारतले यहाँ ३२ किलोमिटर सडक बनाई सिमाना मिचेको छ ।
झापा
पाठामारी महेशपुर भद्रपुर काँकडभिट्ट नकलबन्दा बाहुनडाँगी क्षेत्रमा भारतले ३२ हजार रोपनी नेपाली भूमि अतिक्रमण गरेको छ ।
मोरङ
बुद्धनगर-जोगवनीः जोगवनी सिमानामा दशगजा क्षेत्र नै देखिँदैन । नेपाली भूभाग बुद्धनगर पोखरिया र·ेली डाइनिया सोराभाग मझारे गाविसका दशगजा क्षेत्रमा भारतीय आप्रवासीहरुले सार्वजनिक र नेपाली जमिन अतिक्रमण गरेका छन् । र·ेली-चेप्राहाः र·ेली सहित आमगाछी झुर्किया महादेवा र कसर्िया सीमाक्षेत्रको नेपाली दशगजामा भारतीय नागरिक बसोबास गरेका छन् । बझाह लुना नदी-चुनिमाडीः नजिकको नेपालपट्टीको बरड·ाको एक किलोमिटर जमिन भारतले अतिक्रमण गरेको छ ।
सुनसरी
सुनसरी जिल्लाभित्रका कटैया-भन्टावारी हर्निगरिया साहेवगन्जजस्ता ठाउँहरुमा गरी भारतले सात हजार विघा नेपाली जमिन मिचेको छ ।
सप्तरी
सुवर्णपट्टीः यस क्षेत्रमा ५० मिटर सिमास्तम्भ नेपालभित्र सारिएको छ । जसका कारण ६० विघा जमिन भारतबाट अतिक्रमण भएको छ । सखडा छिन्नमस्ताः भगवतीभन्दा दक्षिण बरामपुरछेउको जग्गा भारतीयहरुले उपयोग गरिरहेका छन् । लालपट्टी-गोविन्दपुरः लालपट्टीमा ५०-१०० मिटरसम्म जङ्गे स्तम्भ सारी नयाँपिलर गाडिएको छ । दशगजाभित्रको करिब ५० विघा नेपाली जमिन अतिक्रमण भएको छ । कुनौलीः भारतीय रेल्वे स्टेसनतर्फ जाने सडक दक्षिणतर्फ करिब ५ किलोमिटर सीमा क्षेत्रको नेपाली जग्गा अतिक्रमण हुँदा ६० बिगाह जमिन मिचिएको छ । विष्णुपुर-शिवनगरः गोबरगाढा क्षेत्रमा भारतीय किसानहरुले ठाउँठाउँमा नेपाली जग्गा अतिक्रमण गरेका छन् ।
सिराहा
माडर-चन्द्रगन्जको दक्षिणी भूभाग र टाँडीको दशगजा क्षेत्रभन्दा भित्रको जमिन भारतले मिचेको छ ।
सर्लाही
त्रिभुवननगरः सीमास्तम्भ नं। २९ र ३० देख्नै नसकिने गरी ४३ जना भारतीयहरुले नेपाली दशगजा क्षेत्रदेखि २०० फिटभित्र नेपाली भूमि मिची सिसौका रुख लगाएका छन् । सीमास्तम्भ नं। ३५ ३८ र ३९ छेउछाउ नेपाली भूमि मिची भारतीयहरुले २९ घर बनाएको र यस्तै स्तम्भ नं। २८२९३० वरपर २० घर स्तम्भ नं। २५ २६ छेउ ११ घर बनाई सिमा मिचिएको छ । सङग्रामपुर-हथिऔलः पूर्वमा सङग्रामपुर र पश्चिममा हथिऔल गाविसहरुको दशगजाभित्रको नेपाली जग्गा विगत २० वर्षदेखि भारतीयहरुले उपयोग गर्दै आएका छन् ।
रौतहट
गौर-जमुनाः जमुना गाविसको वडा नं। ८ को दक्षिण भागमा भारतीयहरुले वृक्षारोपण गरेर रुखहरुको उपयोग गरिरहेका छन् । गौरनजिकै भारतीय क्षेत्रमा बाँध बाँधिएको हुनाले वर्षामा बाढी र डुबानबाट नेपालीहरु पीडित छन् ।
पर्सा
ठोरीः यस क्षेत्रमा भारतीयहरुले पुराना सीमास्तम्भ नं। ८४ र ८५ हटाई भिकना ठोरीतर्फबाट नेपालतर्फ ५०० मिटर सिमाना सारी नेपाली भूमि मिचेका छन् । लक्ष्मीपुर-पिपराः यस क्षेत्रमा पनि चोक्टाचोक्टी सीमा अतिक्रमणमा परेको छ । वीरगाज-सिसर्ियाः अलौ तथा सिक्टा क्षेत्रमा नेपाली दशगजा भारतीय नागरिकहरुले मिचेका छन् । वीरगन्जको सिसर्ियामा भारतले वाणिज्य कन्सुलेट अफिस र भन्सार कार्यालय नेपाली भूमिमा बनाएको छ । रक्सौलमा नेपाली स्वामित्व भएको जमिनमाथि भारतीयहरुले अतिक्रमण गरेका छन् । रक्सौलमा नेपाल सरकारले रेल्वेका लागि १९२४ जुन २९ मा भारु ३२ हजारमा किनेको २७।७१ एकड १६ विगाहा १० कठ्ठा जमिन भारतीयहरुले एकपक्षीय रुपमा हडप्न थालेका एक दशक नाघेको छ ।
चितवन
बाल्मीकि आश्रमक्षेत्रको जङ्गलमा बेलामौकामा भारतीयहरुले अतिक्रमण गरी रुखसमेत काटी लैजाने गरेका छन् । दारनाला दारीचुरेः यस क्षेत्रको भूभागमा भारतीय पक्षले वर्षेनी अतिक्रमण गर्दै आएका छन् ।
नवलपरासी
सुस्ता नसा्रही क्षेत्रः सुस्ता क्षेत्रमा २०११ सालभन्दा अघिदेखि भारतीयहरुले नेपालतर्फको जङ्गलको भूमि अतिक्रमण गर्दै आएको पाइन्छ । त्यसपछि नारायणी नदीले धार बदलेपछि भने नेपाली भूमि मिचिने क्रम अझ बढेको छ । यो सर्वाधिक पुरानो विवादित भाग हो । सुस्ता-नसा्रही क्षेत्रको करिब २१९५० विगाह जमिन भारततर्फबाट मिचिएको छ । यस्तै घोङखीनाला नजिकको दशगजा क्षेत्रमा पनि विवाद कायम छ ।
रुपन्देही
दानवनदी क्षेत्र रसियावाल खुर्दलोटन बाँधः नेपालको मर्चावार क्षेत्रमा सीमास्तम्भ नं। ३० सँगै सटाएर भारतले ३ किलोमिटर लामो रसियावाल खुर्दलोटन बाँध बनाउनाले मालिगाव थुमुवा पिप्रवा असुरनैया बेचकुइया रोइनिहवा फेरना सिलौटिया बोगडी सिवुवा अमा बभनी गाविसहरुको धानखेत डुबानमा परी करिब २० किलोमिटर दशगजा मिचिएको छ । यसबाट गौतमबुद्धको जन्मस्थान लुम्बिनी पनि डुबानमा पर्ने खतरामा छ । सुनौली नाकाः बेलहिया सुनौली नाकाको नेपालतर्फको दशगजा क्षेत्रमा भारतीयहरुले अनधिकृत झुपडी र पानी टयाङकी बनाई सीमा अतिक्रमण गरेका छन् । सुनौली सीमाक्षेत्रभन्दा ९।१ मिटर नेपालभित्र परे
को भारतीय प्रहरी थाना पनि हालसम्म हटाइएको छैन । कपिलवस्तु कृष्णनगर ठन्डानदी किनारको दशगजाको दुवै भागमा भारतीयहरुले घर बनाएकाले नेपाली दशगजा क्षेत्र हरण भएको छ । यस्तै ठन्डा नदीले काटी दशगजाको भाग मेटाएको छ ।

दाङ कोइलाबासः सिवालिक श्रृङ्खलामा रहेको कोइलाबास क्षेत्रमा भारतीयहरुले साविक सीमाभन्दा उत्तरपूर्वसम्म भारतको पर्छ भनी केही भाग मिचेका छन् । हर्नाडाँडा क्षेत्रमा चुरे फेदीको सिमानालाई उत्तर सारी श्रृङ्खलाको सिमाना सारिएको छ । दाङको डुडुवा श्रृङ्खलामा अङ्ग्रेजकै पालादेखिको विवाद थियो ।
बाँके
सन्तलियाः ठाउँ-ठाउँमा दशगजा मिची भारतीयहरुले घर बनाएका छन् । होलिया-नैनापुर लक्ष्मणपुरबाँध :राप्ती नदी क्षेत्रको दोराचुरे एवं होलिया गाविस वडा नं. ९ सन्तलियादेखि दक्षिणतिर दुई देशबीचको सीमारेखादेखि र सीमास्तम्भ नं। १९ देखि करिब ३०० मिटर टाढा भारतले २०५६ सालमा राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध तथा तटबन्धबाट बाँकेको बेतहनी होलिया फत्तेपुर गंगापुर मटेहिया नैनापुरसमेत गरी ९ गाविसको खेतबारी र धनजन डुबानमा परेको छ । भारतले लक्ष्मणपुर बाँध र २२ किलोमिटर लामो तटबन्ध निर्माण गर्नाले दुई देश बीचका सीमास्तम्भहरु लोपभएका छन् । नेपाली भू-भाग जलमग्न भएको छ ।
बर्दिया
मनउ, खैरी र टपरा क्षेत्रको ठाउँ ठाउँमा दशगजा मिचिएको छ । गुलरिया नगरपालिका-१२ मा दशगजामा १ किलोमिटर खाडल खनी टपरी गाउँको सीमास्तम्भ नं. ६२/६ देखि ६२/८ सम्म १ किलोमिटर भूभाग भारतले मिचेको छ । बर्दिया जिल्लाको करिब ६० किलोमिटर नेपाल-भारत सीमावर्ती क्षेत्रको स्तम्भ नं। ४१ देखि ९८ सम्मका प्रायः जसो दशगजाको भूभाग भारतीय पक्षबाट खेतयोग्य जमिन बनाइएको छ । मूर्तियाः बर्दियाबाट मुर्तिया जाने बाटोको बासी क्षेत्रमा केही जमिन अतिक्रमणमा परेको छ । मानपुर-भीमापुरः नकुवा नालादेखि उत्तरतर्फको क्षेत्र मिचिएको छ । कैलाली सती-विरानाला-भानालाः यस क्षेत्रमा सीमास्तम्भहरु लोप भएका छन् । दशगजा भन्दा केही भित्री भाग पनि मिचिन पुगेको छ । यस्तै फूलबारी गाविस नजिकको भागमा मोहना नदीले आफ्नो बहाव बदलिरहने कारणले यस आसपासको जङ्गल भारतीयहरुले अतिक्रमण गर्ने गरेका छन् । भजनी कुसुमघाट र लालबोझी कौवाखेडा को सीमास्तम्भ नं। ११० ११५ १२३ नेपालतर्फ सारेर २० मिटर चौडा १५ किलोमटिर लामो नेपालको करिब ५०० बिघा जमिन २०६३ पुस १० देखि मिचिएको छ ।
कचनपुर
ब्रम्हदेवमण्डि-पुर्णागिरीः ब्रम्हमदेवमण्डिमा रहेको सीमास्तम्भ नं। १ बगाएपछि केही नेपाली भूमि अतिक्रमित हुन पुगेको छ । टनकपुर ब्यारेज तथा डुबान क्षेत्रः यस भागमा करिब २२२ हेक्टर नेपाली भूमि अतिक्रमित भएको छ । भारतले टनकपुर बाँध निर्माणसँग सम्बन्धित ५७७ मिटर लामो पुल बनाउँदा नेपालतर्फको जमिन मिचिएको छ । बनबासा-गड्डाचौकीः यस क्षेत्रमा नेपालतर्फको भूभाग भारतीय बासिन्दाले क्रमशः मिच्दै आएका छन् । लक्ष्मीपुर रामपुर बिलासपुर चाँदनी दोधाराको पूर्वी भाग मेलाघाट तथा सुन्दरनगर क्षेत्र त्रिभुवनबस्ती बेलडाँगी गाविस दशगजाभित्रको ठाउँठाउँमा गरी करिब ३० बिघा नेपाली भूभाग अतिक्रमण गरी भारतीय नागरिकहरुले २६ वर्षदेखि उपयोग गर्दै आएका छन् । शारदा ब्यारेजक्षेत्रः भारतबाट शारदा बाँध निर्माण गर्दाका समयमा ३६।६७ एकड २९१।७ रोपनी जमिन साबिकदेखि नै मिचिएको मिचिएकै छ । शुब्लाफाँटः शुक्लाफाँट बन्यजन्तु आरक्षण क्षेत्रको दक्षिणको सीमारेखाको २० लाइन किलोमिटर क्षेत्रको ठाउँ-ठाउँमा २९ वर्गकिलोमिटर भूभाग मिचिएको छ । परासन-खुड्डाकड्ढडः परासन गाविसको वडा नं। ९ को खुड्डाकड्ढडमा अवस्थित सीमास्तम्भ नं। १९७ लाई रिफरेन्स पिलर बनाउँदै १५० मिटर चौडा नेपाली भूमि अतिक्रमण भएको छ । यस क्षेत्रमा भारतीय ठेकेदारहरु घुसेर काठ काटी लैजाने गरेका छन् । त्रिभुवनबस्ती गाविसदेखि ब्रम्हदेवमण्डीसम्म नेपालभारत सीमाक्षेत्रका सीमास्तम्भहरुमध्ये १२ वटा हराएका र १० वटा मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेका छन् ।
दार्चुल
ा कालापानी-लिम्पियाधुराक्षेत्रः यो क्षेत्रमा नेपाल र भारतबाट चीनको स्वशासित प्रदेश तिब्बतको ताक्लाकोट व्यापारिक केन्द्रतर्फ जाने लिपुलेक भन्ज्याङदेखि शुरु भई व्यास गाविस वडा नं। १ मा पर्ने साविक तुल्सीन्यूराङ नाभिडाँड हाल कालापानीमा भारतीय अर्धसैनिकले ओगटेको भाग हुँदै यसदेखि अझ पश्चिमतर्फका गुन्जी कुटी नाभी छोटाकैलाश जोलिङकाङ पर्वत हुँदै लिम्पियाधुरासम्म पुगेको छ । कसरी सुल्झियो चीनसँगको सीमाविवाद सीमाविद्हरुका अनुसार उत्तरी छिमेकी चीनसँग नेपालको सीमा विवाद छैन । सन् १९६० मा चीन र नेपालका बीचमा सीमा सम्झौता भएको थियो । त्यसको एक वर्षपछि सन् १९६१ मा सीमा सन्धि गरियो । त्यसबेलासम्म नेपाल र चीनका बीचमा मुस्ताङ टिङकर लार्केभन्ज्याङ गौरीशङ्कर हिमाल किमाथाड्ढाजस्ता ३२ ठाउँमा सीमा विवाद थियो । सीमाड्ढनपछि सन् १९६२ मा भने जमिनमा सीमा खम्बा गाड्ने काम भयो । सगरमाथामा पनि चीनले दाबा गरेको थियो । सगरमाथाबाहेक अरु विवाद तल्लो प्राविधिक तहबाट हल गरियो । सगरमाथाको मामिला भने प्रधानमन्त्रीकै स्तरबाट समाधान गरिएको थियो । नेपालले दाबी गरेका ठाउँहरुमा चीनले दस्तावेजका आधारमा सहजै छाडिदिएको थियो । चीन र नेपालको बीचमा पानीढलो सिद्धान्तको आधारमा सीमाड्ढन भएको थियो । त्यसबेला लिने र दिने सिद्धान्त पनि अपनाइएको थियो । जसको कारण सीमा विवाद चाँडो समाधान भयो । यस्तो संवेदनशील कुरालाई ध्यानमा राखेर सौहादपूर्ण तरिकाले सीमाड्ढन समस्या समाधान भएको थियो । तर सगरमाथाको समस्या भने दुई देशका सरकार प्रमुखका बीचमा दस्तावेजका आधारमा छलफल गरी समाधान गरिएको थियो । तत्कालिन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले २०१७ साल बैशाखमा नेपाल भ्रमण गर्नुभएको थियो । उहाँ र नेपालका तत्कालिन प्रधानमन्त्री विपी कोइरालाका बीचमा सगरमाथाको विषयमा छलफल भएपछि बैशाख १६ गते सिंहदरवारको ग्यालरी बैठकमा चाउ एन लाइले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । सो सम्मेलनमा उनले भनेका थिए -”नेपालका प्रधानमन्त्री वीपी कोइरालाले हामीलाई दिएको तथ्याड्ढलाई चीनले राजनीतिक कूटनीतिक र प्राविधिकरुपमा अध्ययन गर्दा चीन सरकार यो निर्णयमा पुग्यो कि वीपी कोइरालाले दिएको नक्सा जायज छ । त्यसैले सगरमाथा हामीले नेपालकै हो भनेर निर्णय गरेका छौँ । “चाउ एन लाइको त्यो भनाइबाट एकाएक सगरमाथा समस्या हल भएर गएको थियो । यद्यपि सङ्खुवासभाको उत्तरी दुईवटा गाउँ च्या· र लेन्दुप परापूर्व कालमा नेपालको थियो । तर तयो सीमाड्ढनको बेलामा चीनतर्फ पारियो । त्यसबेलाका कर्मचारीले दस्तावेज अध्ययन गर्न नसकेको हुनुपर्छ । या त अन्य कुनै कारणबस ती गाउँहरु चीनतिर पर्न गए । त्यहाँका जनताले मालपोत कहिले नेपालतर्फ त कहिले तिब्बततर्फका जिम्माललाई तिर्थे । हुँदा-हुँदा त्यहाँका बासिन्दाले दुवैतर्फ मालपोत तिर्न छाडेका थिए । नेपालका लागि पूर्व चिनियाँ राजदूत योङले कालापानी सीमा विवादका बारेमा एक कार्यक्रममा प्रतिकि्रया दिदै भनेका थिए- “नेपाल र चीनका बीचमा सिमाड्ढन गर्दाको समयमा कालापानी नेपालकै हो । यद्यपि त्यसबेलामा नेपालको सिमाना पश्चिमको लिम्पियाधुरासम्म पुगेको थियो । त्यो ऐतिहासिक दस्तावेजलाई बेवास्ता गरियो ।”