Showing posts with label Information. Show all posts
Showing posts with label Information. Show all posts

Friday, January 22, 2010

नेपाली शुद्धलेखनका सामान्य आधार

साथीहरु यो अवधारणामात्र हो सम्पूर्णता भने होइन ।मैले शुद्ध लेख्नुपर्छ भन्ने तपाईको भावनामा यो सहयोगी अवश्य हुनसक्छ ।पुस्तक-पत्रपत्रिका पढ्दा ध्यान दिने र शुद्ध लेख्ने प्रयासलेमात्र हाम्रो लेखन शुद्ध हुन्छ तथापि सामग्रीको अभाव झेलिरहनुभएका स्वदेश वा विदेशमा रहेका साथीका लागि मेरो सानो रह्यो भने धन्य हुनेछु ।
शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियम
-----------------------------------------------
1 नेपाली भाषाका धेरैजसो शब्दका शुरु र बीचमा इकार ह्रस्व हुन्छ :-मितिनी,बहिनी,सिन्की,मानिस,दाहिने,सिन्कौली,माहिलो साहिंलो,रसिलो,सेपिलो,छिमेक,दिदी,ढिंडो,झुसिलो,अमिलो आदि । 2 प्राय: आगन्तुक शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- हस्पिटल,इन्जिनियर,सिनियर,रेडियो,कमिसन,टिचर,डिनर आदि ।
3 क्रियापदको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- सिद्धिनु,बिग्रिनु,,थिग्रिनु,निथ्रिनु,तर्सिनु,थर्किनु,भित्रिनु,दर्किनु,खिइनु, पिसिनु,मिसिनु आदि।
4 क्रियाको विशेषता बुझाउने शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :-टिनटिन,पिटिक्क,तिरतिर,ङिच्च,खिरखिर,पितिक्क,गिलित्त आदि।
5 सर्वनामको शुरुमा इकार ह्रस्व लेखिन्छ :-यिनी, तिनी, तिमी ।
6 संयुक्त वर्णले बनेका संख्यावाचक शब्दको शुरुमा इकार ह्रस्व लेखिन्छ :-त्रिपन्न,त्रिसठ्ठी, त्रिहत्तर,त्रियासी आदि ।
7 केही संकृत शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- शिव,विष्णु,इन्द्र,विद्यार्थी, साहित्य,इन्द्रिय,राष्ट्रिय,प्रसिद्ध,
8 " इलो" अन्त्यमा आउने विशेषण शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :- रसिलो,पोसिलो,अमिलो, नुनिलो,हँसिलो,कसिलो,भरिलो आदि।
9 उपसर्ग लागेका शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- विजय,विज्ञान,विमान विस्मृति, विशिष्ट,निरुत्तर,निर्विरोध,निर्दिष्ट,सुनिश्चित,निष्काम,विलय,निष्ठा,निर्विकार,निर्देशन,निर्निमेष,निर्माण,विनिर्माण,विजत,अधिपति,अतिरिक्त,अभिव्यक्तिअभिशाप,अतिरिक्त आदि,
10 अव्ययको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- सित,हिजो ,यतिबेला,निर,किन,किनभने,तलतिर,झिसमिसे,वरिपरि,बाहिर आदि।
11 इक,इका,इत अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-आर्थिक, नैतिक,भौतिक,सामाजिक,व्यापारिक,शैक्षिक,नायिका ,परिचारिका, सेविका शिक्षिका,लेखिका,कथित,व्यथित,लिखित,सम्पादित आदि ।
12 इम,इमा अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-स्वर्णिम ,आदिम,अग्रिम,गरिमा महिमा ।
13 इया,इयार, इलो अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-दुखिया झगडिया,दजारिया,शहरिया,अंशियार,होसियार,हतियार,सँधियार आदि ।
******************************************************************************************************
पहिले हामीले शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियमको चर्चा गर्यौं ।तर तपाईले नोटमा सुझाएअनुसार काम शुरु गरे नगरेको जानकारी मैले नपाउँदा अलि निराश छु किनकि यो तपाईका लागि हो ।आज शब्दको अन्त्यमा :इकार" ह्रस्व हुने आधारको चर्चा हुँदैछ ।
इकार शब्दको अन्त्यमा ह्रस्व हुने
-----------------------------------------------------------
1 पुलिङ्गी शब्दको अन्त्यमा इकार ह्रस्व हुन्छ :-नाति ,पनाति, जनाति , पोइ,ज्वाँइ भाइ .2 ति,धि,नि षि,वि,पि,भि,मि,लि अन्त्यमा आउने तत्सम शब्दको अन्त्यमा प्राय: इकार ह्रस्व हुन्छ :- रीति, मति,शान्ति क्रान्ति, भ्रान्ति, उन्नति ,प्रगति,उपाधि, समाधि,व्याधि,परिधि,विधि,प्रविधि,ऋद्धि ,सिद्धि,हानि मुनि,ग्लानि,अग्नि,कृषि,ऋषि,कवि,छवि रवि, यद्यपि ,तथापि,लिपि,सुरभि, दुन्दुभि,कलि,बलि आदि । 3 भाववाचक नामको अन्त्यमा इकार ह्रस्व लेखिन्छ :-पढाइ,लेखाइ,बोलाइ, सुनाइ,बसाइँ ,थकाइ,दुष्ट्याइँ आदि ।
4 अव्ययको अन्त्यमा इकार ह्रस्व हुन्छ :- वरि,परि,,यति,उति, जति, कति, माथि,वारि,पारि,मुनि चाहिं (अरी,तरी,हीं लागेकाबाहेक)आदि ।
5 विभक्ति मध्ये लागि,देखि अन्त्यमा ह्स्व लेखिन्छ ।
यो नोट सार्नुहोला ।यस्तै शब्द तपाईं पनि सकेसम्म थप्नु होस् ।ती शब्दलाई वाक्मा प्रयोग गर्नुहोला ।साथीका रचनामा देखिएका त्रुटि जानेसम्म औल्याउनु होस् ।यसबाट सबैलाई फाइदा हुन्छ ।शुद्ध लेख्ने सबाललाई रहर ठान्नुहोला,बोझ होइन ।तपाईमा के प्रगति हुँदैछ ? जानकारी दिनुहोला ।
क्रमश:
*****************************************************************************************************
*
नेपाली भाषाका आफ्ना शब्दका शुरु र बीचमा 'ईकार' दीर्घ लेख्ने खास नियम नभई संस्कृतबाट आएका शब्दलाई सोहीअनुसार लेख्ने चलन छ,तिनीहरुलाई तत्सम शब्द भनिन्छ ।यस्ता शब्द नेपालीमा धेरै छन् ।अभ्यास नै प्रयोगको मुख्य आधार हो ।यहाँ दिइएका आधार पर्याप्त नभई सामान्य सहयोगीमात्र हुन् ।आज हामी शब्दको शुरुमा 'ई' प्रयोग हुने आधारको चर्चा गर्नेछौं ।1 रेफभन्दा पूर्व र 'र' भन्दा पूर्व केही शब्दको शुरुमा 'ई' दीर्घ लेखेको पाइन्छ :- दीर्घ,वीर्य,कीर्ति,कीर्ण,ज
ीर्ण,कीर्तन,शीर्षक,तीर्थ,धीर,वीर,क्षीर,,नीर,धीरता,वीरता,गीर(वाणी)चीर(कपडा) आदि (तर 'शिर'जस्ता शब्द ह्रस्व नै हुन्छन्)2 'त' 'ता' 'ति' भन्दा पूर्वका कतिपय तत्सम शब्दको शुरुमा 'ई' दीर्घ लेख्ने गरिन्छ :- गीत,रीत,प्रीत,शीत,भीत,रीति ,गीति,भीति,प्रीति,सीता,गीता (तर 'हित' जस्ता शब्द ह्रस्व नै हुन्छन् ) 3 केही तत्सम शब्दका शुरुमा 'ई' दीर्घ लेखिन्छ :-दीन(दु:खी) हीन,लीन(विलय )पीडा, भीम,सीमा, सीमित,भिष्म,शीघ्र,जीव,जीवन,पीडित,स्वीकार,स्वीकृत,स्वीकृति, शीतल, बीभत्स,भीषण,बीज,टीका,लीला,नीति,कीट,कीटाणु,सीमित,सीमावर्ती,क्रीडा,ईश,ईस्वर,पीत,पीताम्बर,पीपल,पीडित,पीठ,पीयूष,
जीवन,जीवी,दीप,दीपक,दीप्त,दीप्ति,
4संयुक्त वर्णबाहेक संख्यावाचक शब्दको शुरुमा 'ई' दीर्घ लेखिन्छ :- तीन बीस,तीस
5 कतिपय विशेषणमा ज्यादै जोड दिंदा 'ई' दीर्घ लेख्ने चलन छ:- मीठो,तीतो,पीरो,गीलो आदि
6 केही नेपाली शब्दका शुरुमा 'ई' दीर्घ लेख्ने गरिन्छ :-सीप,जीरा,कीरो,भीख,खील,सीधा,कीर्ते,कीलो,चील,चीज,झीर,झील,
झीनो,ठीक,बीच,तीज,तीर,पीर,भीर आदि
*********************************************************************************************
हामीले यसअघि शब्दको शुरुमा 'ई' दीर्घ हुने आधारको बारेमा चर्चा गर्यौं ।आज हामी शब्दको बीचमा 'ई' दीर्घ हुने आधारको चर्चा गर्दैछौं ।1 ईय,अनीय,ईन अन्त्यमा हुने शब्दका बीचमा 'ई ' दीर्घ लेखिन्छ :-केन्द्रीय,त्वदीय,भवदीय,स
म्पादकीय,स्वकीय,परकीय,ईश्वरीय,आत्मीय,उल्लेखनीय,दर्शनीय,पठनीय,ग्रामीण,कुलीन,प्राचीन,समीचीन,अर्वाचीन,कालीन,नवीन,2 करण,कृत,कार,भवन अन्त्यमा आउने शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :-एकीकरण,पृथकीकरण,,विद्युतीकरण,केन्द्रीकरण,,घोषीकृत,अस्वीकृत,अङ्गीकार,अस्वीकार,(आविष्कार होइन)
3 संख्यावाचक शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :-बाईस,तेईस,चौबीस,बत्तीस ,बयालीस ,पैंतालीस 4 रेफपूर्वका केही शब्दका बीचमा 'ई'दीर्घ लेखिन्छ :-प्रकीर्ण,विकीर्ण,सङ्कीर्ण,उत्तीर्ण,अनुत्तीर्ण,निर्जीव,
5 केही तत्सम शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :- परीक्षा,समीक्षा,प्रतीक्षा,गम्भीर,,प्रतीक,शरीर,समीप,विहीन,विपरीत,मनीषि,कुटीर,कीरीट,भयभीत,अतीत,
*****************************************************************************************************
शब्दको अन्त्यमा 'ई'को प्रयोग गर्ने सामान्य आधार
-------------------------------------------------------------
1 सर्वनामको अन्त्तमा 'ई' दीर्घ लेखिन्छ :-हामी,तिमी,यिनी,उनी,यी,ती,तिनी,तपाईँ2 स्त्रीलिङ्गी शब्दको अन्त्यमा'ई'दीर्घ लेखिन्छ :-छोरी,बुहारी,बहिनी,भान्जी,भतिजी,नातिनी,केटी,गाई,देवी,लक्ष्मी,ईश्वरी,भागीरथी 3 निर्जीव/मानवेतर शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-टोपी,काउली,खोर्सानी,तर्कारी,फर्सी,भिन्डी,कोदाली,गुन्द्री,चकटी,खुर्पी,छुर्पी,आली,फाली,
4 सानो बुझाउने शब्दको अन्त्यमा'ई' दीर्घ लेखिन्छ :-थाली,गाग्री,लोहोटी,बोटुकी,पटुकी,खुर्पी,
5 जात-थर-पेशा बुझाउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-वस्ती, अधिकारी,कार्की,राई,पराजुली,छेत्री,नोकरी,खेती,पुजारी
आदि।
6 विशेषणको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ:-दानी ज्ञानी,धनी,अल्छी,तामसी,सुखि,दु:खीवियोगी,रोगी,भोगी,भाग्शाली,आदि
7 ही,हीँ(चाहिं होइन) अरी,तरी अन्त्यमा आउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-त्यही,त्यहीँ,उही,उहीँ,कहीँ यसरी,उसरी जसरी,कसरी,त्यसरी,यस्तरी उस्तरी आदि
8 संख्यावाचक शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-साठी,सत्तरी,असी,एकासी,चौरासी पचासी, आदि
9 मती-वती अन्त्यमा हुने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :- श्रीमती,रूपमती,मधुमती,अमरावती,शौभाग्यवती आदि
10 ठाउँ-नदी-अनुकरण बुझाउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-बैतडी,कैलाली,घोराही,लमही,बेंसी,कोशी,मेची ,महाकाली, खलखली,तनतनी,झलझली,सरासरी आदि ।
11 एर' बुझाउने असमापिका क्रिया र स्त्रीलिङ्गी क्रियाको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-देखी,हेरी,सुनी, खाई(खाएर को अर्थमा ) खाई,गई,पढी,घुमी,लेखी (क्रिया स्त्रीलिङ्गी )

Friday, January 15, 2010

बोस्टनमा नेपाली बालिका उपाधी जित्न सफल



(कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनिन् ।)
गोरखा जिल्लाबाट चार बर्ष अगाडि बुवा ध्रुब घिमिरेको ग्रिन कार्डमा सुनौलो सपना बोकेर आफ्नी माता राधिका घिमिरेसँग अमेरिका छिरेकी नौ बर्षकी बालिका ओशिन घिमिरे म्यासाचुसेट्स राज्यमा ’नेशनलस, इन्क, प्रेजेन्ट्स’ द्धारा आयोजित ’मिस जुनियर प्रि-टीन, बोस्टन – २००९’, उपाधी जित्न सफल भएकी छिन् ।
अमेरिकाका प्रत्यक राज्यबाट छानिएर एक बिजेतालाइ आगामी डिसेम्बर महिनामा फ्लोरिडा राज्यको ओर्ल्यान्डओमा  आयोजना गरिने ’मिस जुनियर प्रि-टीन, यू यस् ए – २००९’ मा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ओशिन म्यासाचुसेट्स राज्यको प्रतिनिधित्वको साथमा प्रतिस्पर्धा गर्नेछिन ।
कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनेर उक्त उपाधी चुम्न सफल भएकी हुन ।
तीन बर्षको उमेरदेखी नेपालमा रहंदा आफ्ना समाजमा आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखी सहभागिता जनाइरहेकी उनी अमेरिका आएदेखी बोस्टन क्षेत्रमा आयोजना गरिने र गरिएका हरेक कार्यक्रममा आफ्नो सभागिताले प्रतिभा प्रदर्शन गर्दै आएकी छिन् । यसै शिलशिलामा अर्की बालिका श्वेता तमाङले पनि उक्त कार्यक्रममा ओशिनसङै ’फोटोकेनिक’ को उपाधी जितेकी छिन् ।
आगामी डिसेम्बरमा फ्लोरिडामा हुन लागेको राष्ट्रियस्तरको प्रतितियोगितामा ओसिनले बोष्टन र आसपासका क्षेत्रको प्रतिनिधित्व गर्नेछिन् । सो प्रतियोगिताको उपाधी जित्न सफल भएमा ओसिनले ६० हजार अमेरिकी डलर बराबरको पुरस्कार जित्नेछिन् । 

गोरखाका सडकहरु

All roads and length in Gorkha Distric.
1. Aanbu Khaireni - Gorkha               ( 24 Km )
2. Gorkha - Arughat - Arkhet            (44 Km)
3. Gorkha - Manakamana                 ( 22 Km )
4. Satdobato-Nibenl- Baluwa - Barpak: (12 Km - Under Construction)
5. Draba Shah Marga ( 30.635 Km)
6. Benighat - Arughat- Arkhet ( 58.35 Km )
7. Birendra Chok - Bakrang - Manakamana (3.4 Km )
8. Birdi - Sera (5.25 Km)
9. Ghairung Batase - Kuwapani - Fhunjel (5.45 Km)
10. Bahra Kilo - Chhepetar (4 Km)

गोरखाका कार्यालयका संपर्क फोनहरु

आकस्मिक फोन नं हरु

नामहरु   नम्बरहरु
जिल्ला विकास समितिको कार्यालय,गोरखा : ०६४-४२०२३७, ४२०१४४, ४२०७९३, ४२०३७७, ४२०३७८
जिल्ला प्रहरी कार्यालय, गोरखा : ०६४-४२०१९९
नेपाली काँग्रेस : ०६४-४२०२१९
ने.क.पा.एमाले : ०६४-४२०१२६
ने.क.पा.माओवादी : ०६४-४२१२६७
जनमोर्चा नेपाल : ०६४-४२१०२९
गोरखा जिल्ला अदालत, गोरखा : ०६४-४२०१९५
जिल्ला प्रशासन कर्यालय, गोरखा : ०६४-४२०१३३
दि फेमस महिन्द्र दल गण, गोरखा : ०६४-४२०३१९
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय , गोरखा : ०६४-४२०११०
जिल्ला जनस्वास्थ्य कार्यालय, गोरखा : ०६४-४२०११९
जिल्ला भुरंरक्षण कार्यालय, गोरखा : ०६४-४२०२३०
जिल्ला पशू सेवा कार्यालय, गोरखा : ०६४-४२०२७३
जिल्ला शिक्षा कार्यालय, गोरखा : ०६४-४२०१०५
जिल्ला कृषि विकास कार्यालय, गोरखा : ०६४-४२०११३
जिल्ला वन कार्यालय, गोरखा : ०६४-४२०१३६
जिल्ला सरकारी वकिल कार्यालय गोरखा : ०६४-४२०१३८
जिल्ला प्राविधिक कार्यालय, गोरखा : ०६४-४२००२९
कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखा : ०६४-४२०१४०
राष्ट्रिय अनूसन्धान कार्यालय, गोरखा : ०६४-४२०१६५
शाखा तथ्यांक कार्यालय, गोरखा : ०६४-४२०१९८
पृ.ना.न.पा. कार्यालय, गोरखा : ०६४-४२०२६९
महिला विकास कार्यालय, गोरखा : ०६४-४२०१०८
जिल्ला मालपोत कार्यालय, गोरखा : ०६४-४२०२०१
जिल्ला हूलाक कार्यालय, गोरखा : ०६४-४२०११२
जिल्ला निर्वाचन कार्यालय, गोरखा : ०६४-४२०७९६
कारागार शाखा : ०६४-४२०१९७
नापी शाखा गोरखा : ०६४-४२०१९१
घरेलू तथा साना उद्योग विकास समिति, गोरखा : ०६४-४२०१९३
कृषि विकास बैक, गोरखा : ०६४-४२०१६६
राष्ट्रिय वाणिज्य बैक, गोरखा : ०६४-४२०१५५
नेपाल टेलिकम, गोरखा : ०६४-४२०२४४
नेपाल टेलिकम, गोरखा : ०६४-४२०२४४
नेपाल विद्यूत प्राधिकरण, गोरखा शाखा : ०६४-४२०१७७
मनास्लू संरक्षण क्षेत्र आयोजना : ०६४-४२०४५६
दरवार क्षेत्र परियोजना : ०६४-४२०१४५
श.वि.तथा भ.नि.वि.डि.का. गोरखा : ०६४-४२०२२१
प.क्षेत्रीय सिंचाई स.डि.नं. १, गोरखा : ०६४-४२०१७५